पुस २५,
भक्तपुर । एक राष्ट्रिय दैनिकमा आएको समाचार गलत भएको भन्दै मालपोतका अधिकृत र लेखापढी ब्यवसायीको आरोप प्रत्यारोप चलेको छ ।
शुक्रबार एक दैनीकमा प्रकाशित समाचारमा भक्तपुर मालपोतका अधिकृत कमल प्रसाद तिमल्सिनाले लेखापढी ब्यवसायीलाई गलत आरोप लगाएको व्यवसायीको आरोप छ । लेखापढी व्यवसायीले गलत समाचार आएको र आफुहरुलाई बदनाम गर्न खोजेको भन्दै हिजोबाट सुचना टासेँर कलम बन्द गरेका छन् ।...
एजेन्सी । अमेरिकाको विभिन्न राज्यमा भएको हिमपात र आँधीका कारण ७।२ करोडभन्दा बढी जनता प्रभावित बनेका छन् ।
आलाबामादेखि न्युयोर्कसम्म बाक्लो हिमपात भएको छ । जसका कारण हालसम्म ३ जनाको मृत्यु भएको बताइएको छ ।
केही स्थानमा ८ इन्च बाक्लो हिउँ परेको छ ।
बाक्लो हिउँका कारण कनेक्टिकट लगायतका राज्यहरुको राजमार्ग अवरुद्ध बनेको छ भने उत्तरी क्यारोलाइनामा विद्युत आपूर्ती बन्द भएको छ...
पुस २५,
रसुवा । रसुवाको दक्षिणी भेक लहरेपौवा गाविसको बोगटीटारमा संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत जिल्लाको समग्र चिनारीका लागितेस्रो रसुवा महोत्सव गर्ने तयारी भएको छ ।
लहरेपौवा महिला सञ्जालद्वारा यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गरिने तेस्रो रसुवा महोत्सव भव्य पार्न आवश्यक प्रचारप्रसार र प्रदर्शनीको स्टल निर्माण गर्ने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ । महोत्सवले कृषि र फलफूल...
सर्लाही । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहकवर्गमा सरल, सहज र अधिक पहुँचको दृष्टिले शाखालाई लालबन्दीको पुरानो क्षेत्रबाट सोही वडाको करिब ५ सय मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ ।
महाभूकम्पका कारण उक्त कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो । शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष सुशिलराज पराजुलीले गरे...
एजेन्सी । फ्रान्स फुटबलसँग छुट्टिएपछि विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने उत्कृष्ट बर्ष फुटबलरको अवार्ड ‘द बेष्ट’का लागि विश्वकपको ट्रफीसँग मिल्दोजुल्दो आकर्षक ट्रफी तयार भएको छ । यो सुन्दर ट्रफीको पहिलो बिजेता क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानमध्ये एक हुनेछन् । अवार्डको घोषणा आगामी जनवरी ९ मा स्वीट्जरल्याण्डको जुरिचमा गरिनेछ । क्रोएशियाली डिजाइनर आना बार्बिक काटिकिक्ले यो...
पुस २५,
रामेछाप । रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणालिन सकिन्छ । ७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छन् । इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाका हजुरबुबा भइसक्नुभएका उनलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र...
पुस २५,
एजेन्सी । भारत प्रशासित कश्मीरको अखनुर जिल्लामा बन्दुकधारीको आक्रमणबाट तीन जना सैनिकको मृत्यु भएको छ । बटाला भन्ने स्थानमा सेनाको जनरल इन्जिनियरिङ टोलीमाथि गोली प्रहार भएको थियो । आक्रमणपछि बन्दुकधारी भाग्न सफल भएका छन् ।यो चरमपन्थी आक्रमणमा भएको अनुमान गरिएको छ तर सेनाले आधिकारिक रुपमा केही बताएको छैन । सेनाले पूरै इलाकालाई घेराबन्दी गरेर सर्च अपरेशन सुरु गरेको...
पर्सा । हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार बेलुका छ राउन्ड गोली चलाएको छ । बाराको गढीमाई नगरपालिका–८ निवासी २८ वर्षीय वृजकिशोर गिरीलाई नियन्त्रणमा लिने क्रममा पर्सा प्रहरीले गोली चलाउनुपरेको हो । दुई बालकको हत्याको अभियोगमा फरार रहेका गिरीलाई पर्साको विजबनिया गाविसको गढइया टोलबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा गिरीलाई भगाउन स्थानीयले प्रहरीमाथि आक्रमण गर्न...
पुस २४,
काठमाडौं । निर्देशक तुलसी घिमिरेले प्राविधिक कमजोरी अनि चित्तबुझ्दो काम नभएको भन्दै फिल्म दर्पण छायाँ २ को क्लाइमेक्स रि–सुट गरेका छन् । दाजिलिङमा केहि दिन पहिले फिल्मको क्लाईमेक्स पुनः छायाँकन गरिएको हो । झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जि्लिङको जीटीए सभा हलमा गरिएको हो । भीएफएक्स प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी...
एजेन्सी । सडक दुर्घटनाहरुमा परी पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा अन्य २९ जना घाइते भएका स्थानीय उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ । पञ्जाव प्रान्तको सोहावा क्षेत्रमा एक कार अर्को एक भ्यानसँग आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ घाइते भएका स्थानीय समाचार च्यानल समाले...
