भिबोर सोसाइटी बैंकको लालबन्दी शाखा सरयो

207

सर्लाही । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहकवर्गमा सरल, सहज र अधिक पहुँचको दृष्टिले शाखालाई लालबन्दीको पुरानो क्षेत्रबाट सोही वडाको करिब ५ सय मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ ।
महाभूकम्पका कारण उक्त कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो । शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष सुशिलराज पराजुलीले गरे ।