Saturday, September 19, 2026
Home समाचार नेपाल कोरिया मैत्री अस्पतालको १८ औं स्थापना दिवसः न्युरो सर्जरी सेवा पुर्णरुपमा...

नेपाल कोरिया मैत्री अस्पतालको १८ औं स्थापना दिवसः न्युरो सर्जरी सेवा पुर्णरुपमा संचालन गर्ने तयारी

11

भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले निकट भविश्यमा न्युरो सर्जरी सेवालाइ पुर्णरुपमा संचालन गर्ने भएको छ । बढ्दो सवारी दुर्घट्ना र त्यसबाट हुने क्षति न्युनिकरण गर्न अस्पतालले न्युरो सर्जरी सेवा पुर्णरुपमा संचालन गर्ने भएको हो । अस्पतालको १८ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै मध्यपुर थिमि नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पतालले वेड सहितको हेमोडाइलाइसिस सेवासमेत बिस्तार गर्न लागेको नगरपालिकाका कार्यबाहक नगर प्रमुख बिजय कृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, अस्पतालको सेवा बिस्तार गर्नकै लागि कोरियाको सहयोगमा करिव एक अर्व २६ करोड रुपैंयाको लागतमा भवन निर्माण भइरहेको छ ।

नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल प्रयत्नरत रहेको बताउँदै कार्यबाहक नगर प्रमुख, बिजय कृष्ण श्रेष्ठले कोरिया नेपाल अस्पताल नगरपालिकाबाट सञ्चालन भएका अस्पताल मध्ये मुलुककै नम्बर वान बनेको दावी गरे । अस्पताल आत्मनिर्भर बन्न सफल भएको बताउँदै श्रेष्ठले थप सेवा बिस्तार गरी नगरवासीलाई सेवा प्रदान गरिने बताए ।
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले मन्चबाट कामना गर्दैमा अस्पतालको सफलता नहुने बताउँदै दुःख पिडामा आएका बिरामीलाई गुणस्तरीय र छिटो छरितो सेवा दिनुपर्नेमा जोड दिए । सेवा विस्तारसंगै गुणस्तरमासमेत ध्यान दिनुपर्नेमा भिमिरेको जोड थियो।

कार्यकारी निर्देशक डा दिपेन्द्र कुमार रौशनले अस्पतालले रक्त संचार सेवा २४ सै घण्टा बिस्तार गर्न लागेको बताए । कोरियन सरकारको सहयोगमा निर्माणाधिन भबनलाई अत्याधिक सेबा सहितको उत्कष्ठ सेवा प्रदान गर्ने डा। रौशनको भनाई थियो । कर्मचारीहरुको क्षमता विकास गरी सेवालाई चुस्त तुल्याउँन बिभिन्न खाले तालिम तथा सेमिनारमा सहभागी गराईने कार्यकारी निर्देशक डा रौशनले बताए ।