हिमपातले अमेरीकाको धेरै राज्यमा जनजिवन प्रभावि

445

एजेन्सी । अमेरिकाको विभिन्न राज्यमा भएको हिमपात र आँधीका कारण ७।२ करोडभन्दा बढी जनता प्रभावित बनेका छन् ।
आलाबामादेखि न्युयोर्कसम्म बाक्लो हिमपात भएको छ । जसका कारण हालसम्म ३ जनाको मृत्यु भएको बताइएको छ ।
केही स्थानमा ८ इन्च बाक्लो हिउँ परेको छ ।
बाक्लो हिउँका कारण कनेक्टिकट लगायतका राज्यहरुको राजमार्ग अवरुद्ध बनेको छ भने उत्तरी क्यारोलाइनामा विद्युत आपूर्ती बन्द भएको छ ।
विभिन्न एयरलाइन्सहरुले उडान रद्द गर्नुपरेको छ भने विभिन्न राज्यमा सवारी चलाउन निषेध समेत गरिएको छ ।
क्यालिफोर्नियाँमा यो सप्ताह १२ इन्चम्म वर्षा हुने बताइएको छ । वर्षा र हिमपातका कारण त्यहाँमा पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो बाढी आउने अनुमान गरिएको छ ।