भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नागरिककको स्वास्थ्य नै सबैभन्दा महत्त्वपूर्ण बिषय भएको बताउनु भएको छ ।सूर्यविनायक नगरपालिका वडा नं.८ स्थित सिपाडोलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको समुद्घाटन गर्दै स्वास्थ्य मन्त्री थापाले भन्नुभयो “म स्वास्थ्यमन्त्री बनेपछि बागमती प्रदेशको स्वास्थ्यको क्षेत्रमा निकै नै सुधार गरेको छु” । अहिले सबैभन्दा उत्कृष्ट आफ्नो प्रदेशको स्वास्थ्य क्षेत्र रहेको बताउदै उहाकै पहलमा यो स्वास्थ्यचौकी बन्न सफल रहेको स्मरण समेत गर्नुभयो । प्रदेश सरकारबाट बजेट निकासा गरिएपछि उक्त भवन थप गरि निर्माण गरिएको उहाँको बताउनुभयो । स्थानीय बासिन्दाहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक भवनको निर्माण गरिएको स्वास्थ्य मन्त्री थापाको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सम्पुर्ण वडाबासी नागरिकलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाले स्वास्थ्य जस्तो सम्वेदनशिल विषयलाई नगरपालिकाले निकै महत्वका साथ हेरिरहेको बताउनुभयो । नगरपालिकाले यस वडाको स्वास्थ्यचौकी निर्माण का लागि रु १० लाख सहयोग दिइएको उल्लेख गर्नुभयो । सुर्यविनायक नगरपालिका ले अब बिकास काम गर्न बाकी सिमित मात्रामा रहेको बताउनुभयो । नगरप्रमुख थापाले नागरिकका गुनासा दुखेसालाई सम्बोधन गर्दै लैजाने बताउनुभयो । उहाँले स्वास्थ्य नागरिक नै समृद्ध समाजको आधार भएको बताउनुभयो। नगरपालिकाले स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको र आगामी दिनमा यस स्वास्थ्य चौकीलाई आवश्यक उपकरण र जनशक्ति थप गर्दै लगिने प्रतिबद्धता सो अवसरमा नगरप्रमुख व्यक्त गर्नु भएको छ।
नगर उपप्रमुख, सरिता तिमिल्सिना भट्टराईले अबदेखी आम ८ नम्बर वडाका वडाबासीले गुणस्तरीय स्वास्थ्य सेवा छिटो छरितो रुपमा आफ्नै वडामा लिन सक्ने उल्लेख गर्नुभयो । महिलाकालागि नगरपालिकाले धेरै सेवा सुविधा दिइरहेको भन्दै उहाँले त्यस्ता सेवाहरुको महिलाहरूले उपयोग गर्न सक्ने बताउनुभयो । नगरपालिकाले महिलाको पाठेघरको क्यान्सर, स्त्रीरोग सम्बन्धि जाच अब निशुल्क गर्ने र गरिरहेको छ, उपप्रमुख भट्टराईले भन्नुभयो ।
कार्यक्रमलाई समापन तथा सम्बोधन गर्दै वडा नं. ८ का वडा अध्यक्ष, पुष्पराज बस्नेतले यो स्वास्थ्यचौकी भवन उद्घाटन गर्न पाउदा निकै खुशी लागेको बताउनुभयो । आफू नागरिकको सेवामा सदैव खटिइरहेको उल्लेख गर्दै पुर्वाधार बिकास नै आजको आवश्यकता भएको उहाँको भनाई छ ।
म ब्यक्ति केन्दित नभएकाले केहि ब्यक्ति खुशी पार्न भन्दा पनि समुदाय खुसी बनाउन लागेको छु वडा अध्यक्ष बस्नेतले भन्नुभयो । सबैको सहयोग सहकार्यमा सिपाडोल स्वास्थ्यचौकीको भवन उद्घाटन गर्न सफल भएकोमा सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रमा स्थानीय समाजसेवी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको , बुद्दिजिवि ,पत्रकार विभिन्न पदमा रहेका ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्वास्थ्य सेवामा नयाँ फड्को मार्दै सुर्यविनायक नगरपालिका
विगत लामो समयदेखि साँघुरो स्थानबाट सेवा प्रवाह गर्दै आएको सिपाडोल स्वास्थ्य चौकी अब आफ्नै नयाँ र फराकिलो भवनमा सरेको छ। यसबाट सिपाडोल र आसपासका क्षेत्रका नागरिकहरूले थप व्यवस्थित रूपमा प्राथमिक स्वास्थ्य उपचार, खोप सेवा, र परामर्श सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
नयाँ भवन निर्माणसँगै स्थानीयहरू निकै हर्षित देखिएका छन् र अब सामान्य उपचारका लागि टाढाका अस्पतालसम्म धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास लिइएको छ।













