पुस २८ देखि रसुवा महोत्सव हुने

220

पुस २५,
रसुवा । रसुवाको दक्षिणी भेक लहरेपौवा गाविसको बोगटीटारमा संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत जिल्लाको समग्र चिनारीका लागितेस्रो रसुवा महोत्सव गर्ने तयारी भएको छ ।
लहरेपौवा महिला सञ्जालद्वारा यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गरिने तेस्रो रसुवा महोत्सव भव्य पार्न आवश्यक प्रचारप्रसार र प्रदर्शनीको स्टल निर्माण गर्ने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ । महोत्सवले कृषि र फलफूल उत्पादनमा व्यावसायिक चेतना, सबैखाले कला संस्कृतिको संरक्षण, बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामाजिक दायित्वसम्बन्धी ज्ञानको अभिवृद्धि, दूध, दही, मह उत्पादनको जागरण, पर्यटकलाई अर्गानिक उत्पादनको भोजन र गुणस्तरीय बासको व्यवस्थापनमा जागरण, ग्रामीण पर्यटनको महत्व जस्ता समग्र विषयवस्तुमा जागरण गराइ रसुवा जिल्लालाई नमुना जिल्लाको रुपमा परिचित गराउन रसुवा महोत्सवको आयोजना गरिन लागिएको महिला सञ्जालका अध्यक्ष सरिता लम्सालले बताइन् ।