कश्मीरमा आक्रमणः ३ भारतीय सैनिकको मृत्यु

233

पुस २५,
एजेन्सी । भारत प्रशासित कश्मीरको अखनुर जिल्लामा बन्दुकधारीको आक्रमणबाट तीन जना सैनिकको मृत्यु भएको छ । बटाला भन्ने स्थानमा सेनाको जनरल इन्जिनियरिङ टोलीमाथि गोली प्रहार भएको थियो । आक्रमणपछि बन्दुकधारी भाग्न सफल भएका छन् ।यो चरमपन्थी आक्रमणमा भएको अनुमान गरिएको छ तर सेनाले आधिकारिक रुपमा केही बताएको छैन । सेनाले पूरै इलाकालाई घेराबन्दी गरेर सर्च अपरेशन सुरु गरेको छ । आक्रमणकारीलाई पक्रने उद्देश्यले सघन अपरेशन सुरु गरेको बताइएको छ । यसअघि सेप्टेम्बर महिनामा उरी भन्ने स्थानमा भएको चरमपन्थी आक्रमणमा १७ सैनिकको मृत्यु भएको थियो ।