भक्तपुर मालपोतमा समाचार काण्ड

261

पुस २५,
भक्तपुर । एक राष्ट्रिय दैनिकमा आएको समाचार गलत भएको भन्दै मालपोतका अधिकृत र लेखापढी ब्यवसायीको आरोप प्रत्यारोप चलेको छ ।
शुक्रबार एक दैनीकमा प्रकाशित समाचारमा भक्तपुर मालपोतका अधिकृत कमल प्रसाद तिमल्सिनाले लेखापढी ब्यवसायीलाई गलत आरोप लगाएको व्यवसायीको आरोप छ । लेखापढी व्यवसायीले गलत समाचार आएको र आफुहरुलाई बदनाम गर्न खोजेको भन्दै हिजोबाट सुचना टासेँर कलम बन्द गरेका छन् । मालपोतको गेटमा सुचना टाँस गरि कलम बन्द गरेको भक्तपुर लेखापढी ब्यवसायी संघका अध्यक्ष राजकुमार दाहालले बताए ।
उनले भने ‘हाकिमले माफि नमागेसम्म लेखापढी ब्यवसायीले कलम बन्द गर्ने र त्यसको बिरोधमा उत्रने छौं । ’
व्यवसायीले गलत काम गरेका भए त्यसको प्रष्टता गरिदिए संघ जस अफजस लिन तयार रहेकोसमेत दाहालको भनाई रहेको छ ।
कार्यालयका कर्मचारीहरुले लेखापढी ब्यवसायीहरु काम गर्दा आनाकानी गर्ने तर सोही काम अन्य बिचौलियाहरुले पैसा खुवाएर सहजै गर्ने गरेको समेत आरोप व्यवसायीहरुको आरोप छ । कानुन अनुसार काम आफूहरु २ सय देखि ५सय लिने लेखापढी ब्यवसायीहरु भनाई छ ।
यता अधिकृत तिमल्सिनाले भने आफूले नभनेको कुरा समाचारमा प्रस्तुत भएको दाबी गरेका छन् ।
उक्त बिषयलाई लिएर व्यवसायीले आइतबार र सोमबार काम अवरुद्ध गर्दा मालपोतमा आएका सर्वसाधरणहरु समस्यामा परेका छन् ।
उक्त विवाद समाधानको लागि अहिले मालतोप कार्यालयमा सम्बन्धीत सबैपक्षको बैठक बसीरहेको स्रोतले जानकारी दिएको छ ।