दुर्घटना हुदाँ बीसको मृत्यु

187

एजेन्सी । सडक दुर्घटनाहरुमा परी पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा अन्य २९ जना घाइते भएका स्थानीय उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ । पञ्जाव प्रान्तको सोहावा क्षेत्रमा एक कार अर्को एक भ्यानसँग आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ घाइते भएका स्थानीय समाचार च्यानल समाले जानकारी दिएको छ । यस दुर्घटनामा आठ पुरुष, चार महिला र दुई बालबालिकाको मृत्यु भएको बताइएको छ ।