Home Blog
सन् १८६२ मा पर्सियाको एक सभालाई सम्बोधन गर्दै जर्मन दार्शनिक फर्डिनान्ड लासालले भनेका थिए- ‘संवैधानिक प्रश्नहरू प्रथम दृष्टिमै अधिकारका नभई शक्तिका प्रश्न हुन्। कुनै पनि मुलुकको संविधान त्यस देशमा अवस्थित राजनीतिक शक्तिको वास्तविक स्थितिमा निहित हुन्छ। तसर्थ, राजनीतिक संविधानको मूल्य र स्थायित्व तब मात्रै हुन्छ, जब संविधानले समाजमा अवस्थित राजनीतिक शक्तिको अवस्थालाई सही रूपमा प्रतिविम्बित गर्छ।’लासाल जर्मनीको सोसल डेमोक्रेटिक...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन्। तेहरानले अझैसम्म पर्याप्त पीडा नभोगेको दाबी गर्दै ट्रम्पले पुन: ठूलो सैन्य अभियान सुरु गर्ने निर्णयको नजिक पुगेको जनाएका छन्। अमेरिकी केन्द्रीय कमाण्डले जुलाई २३ को राति इरानमाथि लगातार १३ औं रात हवाई हमला सम्पन्न गरेको जनाएको छ। सेन्टकमका अनुसार इरानका सैन्य कमाण्ड...
काठमाडौं : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई आफ्ना परिवारका सदस्य र आफन्तलाई स्वकीय सचिव नराख्न निर्देशन दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार आफ्ना सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध गरिएको बताएका हुन्। स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्डमा भनिएको छ, ‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप...
काठमाडौं : भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन्। उनले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहका साथै लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेका हुन्। उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । उनका अनुसार लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य...
काठमाडौं । नेकपा एमालेका छ जना मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका तर्फबाट कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले राजीनामा बुझाएका छन्।सत्ता...
काठमाडौं । लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । मंगलबार बजार परिसूचक नेप्से ७.२५ अंक बढेको छ ।
यो वृद्धिपछि नेप्से २७२६ अंकमा कायम भएको छ । यो अंक जेठ २८ यताकै उच्च हो । गत साताको मंगलबार, बुधबार, बिहीबार, शुक्रबार पनि बजार बढेको थियो । हिजो सोमबार ४१.७० अंक बढेको थियो ।आज १०३ कम्पनीको मूल्य बढ्दा १६२...
काठमाडौँ : कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा एक निजी कारमा अचानक आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।मंगलबार बिहान ट्याङ्लाफाँटको चाँदनीचोक नजिकै बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एसपी नरेशराज सुवेदीले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताए । उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा...
काठमाडौँ : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगीलाई न्यूनीकरण गर्दै शून्यमा पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन्। मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा मन्त्री यादवले वर्षौँदेखि थन्किएर रहेका उजुरीका फाइललाई व्यवस्थापन गरी दोषीमाथि कारबाही अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले वि.सं. २०५७ सालदेखि थन्किएर बसेका ४० हजारभन्दा बढी उजुरीका फाइलहरू हालै...
काठमाडौँ : निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर खारेज गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सामाजिक सञ्जालमा लेखेर शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेका हुन्। सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ देखि लागू हुनेगरी यो कर थोपको थियो। यसको चौतर्फी विरोध भएको थियो। यो शुल्क कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा...
काठमाडौं । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो । प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।’










