Sunday, September 20, 2026
Home Uncategorized कक्षा ८ मा पढ्दैछन् ७४ वर्षीय वृद्ध

कक्षा ८ मा पढ्दैछन् ७४ वर्षीय वृद्ध

280

पुस २५,
रामेछाप । रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणालिन सकिन्छ । ७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छन् । इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाका हजुरबुबा भइसक्नुभएका उनलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र सहयोग मिल्यो ।
सुरुमा चुचुरे स्वास्थ्य चौकीमा कार्यालय सहयोगीका रुपमा काम गर्दा हस्ताक्षर गर्न औषधिको नाम चिन्न उनलाई कालो अक्षर भैँसी बराबर झैँ हुन्थ्यो अनि उनले मैले पनि पढेमा अवश्य सक्छु भन्ने जाँगर चल्यो त्यसपछि २०६५ सालमा विद्यालय गएर भर्ना गरेको कार्की बताउँछन् ।