फिफा उत्कृष्ट खेलाडीले य्रस्तो ट्रफी पाउने

158

एजेन्सी । फ्रान्स फुटबलसँग छुट्टिएपछि विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने उत्कृष्ट बर्ष फुटबलरको अवार्ड ‘द बेष्ट’का लागि विश्वकपको ट्रफीसँग मिल्दोजुल्दो आकर्षक ट्रफी तयार भएको छ । यो सुन्दर ट्रफीको पहिलो बिजेता क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानमध्ये एक हुनेछन् । अवार्डको घोषणा आगामी जनवरी ९ मा स्वीट्जरल्याण्डको जुरिचमा गरिनेछ । क्रोएशियाली डिजाइनर आना बार्बिक काटिकिक्ले यो ट्रफी डिनाइन गरेकी हुन् भने उनले यस्तै डिनाइन छान्नुको कारण पनि प्रष्टसँग खुलाएकी छन् ।