फागुन २९, काठमाडौं ।
केही वर्ष अघि सम्म नेपालको तराई मधेशमा मात्र विषेशरुपमा मनाइने होली पछिल्ला वर्षमा राजधानी लगायत मुलुकैभर हर्षउल्लास पूर्वक मनाउन थालिएको छ । पहाडी जिल्लामा आज होली मनाइएको छ भने तराईका जिल्लामा भने भोलि मात्र मनाइन्छ । राजधानीमा आज विहानै देखि युवा युवतीहरु समुह बनाएर होली खेल्न सडकमा उत्रदा काठमाडौं उपत्यकाको रौनकै फरक देखिएको छ । राजधानीमा...
फागुन २९, काठमाडौं ।
राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् । उनले आजै अध्यक्ष कमल थापालाई यस विषयमा जनकारी समेत दिइसकेका छन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष थापा माथि १० आरोप लगाएका छन् । उनले पार्टीको निर्देशन समितिको गठन नगरेको, अध्यक्ष पार्टीको सानो समुहको स्वार्थ पूर्ति गर्ने एउटा झुण्डको रुपमा प्रयोग हुन थालेको,...
२८ फागुन, काठमाडौं ।
संयूक्त लोकतान्त्रीक मधेसी मोर्चाले अनिश्चितकालिन भनिएको सप्तरी सप्तरी बन्द फिर्ता लिएको छ ।संयोजक दिनेश यादवले एक विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको जानकारी गराइएको हो ।
मोर्चाले होलीलाई मध्येनजर गर्दै आज रातीबाट लागुहुने गरी बन्द फिर्ता लिएको जनाएको छ । मधेसमा हर्षउल्लास पूर्वक मनाइने होलीलाई तामझाम पूर्वक नमनाउन मोर्चाले आदेशनात्मक भाषामा अपिल गरेको छ । सप्तरीको मलेठमा...
२८ फागुन, काठमाडौं ।
तेह्थुम म्यग्लुङ्ग बजारबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७६९२ नम्बरको मितेरी यातायातको रात्री बसलाई संयूक्त मधेसी लोकतान्त्रिक मोर्चाका कार्यकर्ताले सप्तरीको रुपनगरमा गुडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्दा बसमा सवार कल्पना लिम्बु गम्भीर घाइते भएकी छन् । घाइते लिम्बुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानको घोपा क्याम्प अस्पतालमा उपचार भइरहेको छ ।
हिजो राती ११ बजे मोर्चाका कार्यकर्ताले...
२८ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दहालले वाग्मती सफाइ अभियानको २ सय हप्ता पुगेको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वाग्मती सफाइ अभियानको सफलताले राजनितिक सफाइ अभियानमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । अब यो अभियान गाउँ नगर सम्म पुग्ने भन्दै राजनितिक अभियानको रुपमा सरकारद्बारा घोषणा गरिएको स्थानीय निर्वाचन सफल बनाउन पनि यसै गरि सबै जट्नु पर्ने भनाइ राखेका थिए ।...
नेपाल सरकारले आजबाट स्थानीय तहको कार्यान्वयन गरेपछि यतिबेला देशैभर नयाँ संरचना कस्तो भयो भन्ने खुलदुली बढेको छ । पुरानो स्थानीय निकायमा कायम भएका गाविस र नपालाई नयाँ संरचना अनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका गरि ७४४ स्थानीय तह कायम गरिएको छ । जसमा कायम भएका नपा तथा गापाको जनसंख्या, क्षेत्रफल, सिमाना समावेश गरिएका गाविस तथा नपा र कायम रहेका...
फागुन २७, काठमाडौं ।
सरकारले आजबाट स्थानीय तहलाई कार्यान्वयनमा ल्याएको छ । बहुदलिय व्यवस्थाको स्थापना संगै २०४७ सालमा कायम गरिएका गाँउ विकास समिति (गाविस) खारेज गरि नेपालको संविधान २०७२ अनुसार व्यवस्था भएको गाँउ पालिका अस्तित्वमा आएको छ । गाँउ पालिका र नगरपालिका गरि ७४४ कायम गरिएको छ ।
स्थानीय विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि नव नियुक्त उपप्रधान तथा स्थानीय विकास...
फागुन २७
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको यही चैत्र २८ गते हुने साधारण सभा पछि ३ वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको चयन हुँदैछ । साधारण सभा आउन १ महिना मात्र बाँकी रहँदा यति बेला महासंघमा चुनावी सहगर्मी ह्वात्तै बढेको छ । व्यवसायी नेताहरु चुनावको तयारीमा जुटिसकेका छन् । उमेद्वारको घोषणा तथा प्रचार प्रसारले तीव्रता पाउन थालेको छ । यसैक्रममा...
फागुन २७,
काठमाडौं । सप्तरी घटनापछि स्थगित भएको नेकपा एमालेको मेची–महाकाली अभियान आजबाट फेरि सुरु हुँदैछ । एमालेले आज मकवानपुरको हेटौंडाबाट अभियानलाई निरन्तरता दिन लागेको हो । दिउँसोहेटौंडाको भुटनदेवी विद्यालय परिसरमा हुने सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रचार विभाग सिचव विष्णु रिजलले जानकारी दिए । सप्तरी घटनाकै विरोगठबन्धनले आहृवान गरेको नेपाल बन्दका बाबजुत एमालेले हेटौंडाबाट...
फागुन २७,
राजविराज । प्रहरीको गोली लागेर मृत्यु भएका चारै जनाको शवलाई मधेसी मोर्चा, सप्तरीले शव बुझेर भोलि सिरहाको लहानसम्म शवयात्रा गर्ने भएको छ । राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बिहीबार बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सर्वपक्षीय बैठकले शव ल्याउने निर्णय गरेको हो । साथै, सोमबार सप्तरीमा भएको घटनामा प्रहरीको गोली लागेर...









