Thursday, May 7, 2026
Home Blog Page 2182
फानुग २७, रोल्पा । महिला दिवसकै वरपर रोल्पामा एकैसाथ फरक फरक गाविसका तीन जोडीले जिल्ला अदालत रोल्पामा पुगी सम्बन्ध विच्छेद गरेका छन् । यसरी सम्बन्ध विच्छेद गर्ने जोडी २२ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि महिला तथा बालबालिका कार्यालय रोल्पासहित जिल्लाका विभिन्न सरोकारवाला निकायको तयारी तीव्र भइरहेकै...
फागुन २७, राजविराज । सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाएका छन् । बिहीबार मध्यरातमा स्थानीय युवाहरुको एक समूहले वीरगञ्जबाट राजविराजतर्फ आउँदै गरेको ना ५ ख ६७१३ नम्बरको बस जलाएका हुन् । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ । राविराजमा भएको झडपका क्रममा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएपछि सप्तरीमा अनिश्चितकालीन बन्द छ ।
काठमाडौ । १०७औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सेन्टर फर रिप्रडक्टिभ राइट्स, महिला, कानुन र विकास मञ्च ९ँध्ीम्० तथा वर्ड वारियर्सको संयुक्त आयोजनामा भएको “म बाट महिलावाद” सम्बन्धी कविता वाचन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी वक्तृत्वकला प्रतियोगिता आयोजना भएको थियो । माननीय रञ्जु कुमारी झा को प्रमुख आतिथ्यतामा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी वक्तृत्वकला प्रतियोगितामा विभिन्न ५ वटा कानुन कलेजबाट १४ जना...
फागुन २७, काठमाडौं। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशका सात सय ४४ स्थानीय तहमा आगामी साउन महिनादेखि विद्युतीय प्रणाली मार्स लागू गर्ने निर्णय गरेको छ । मन्त्रालयका अधिकारी र काठमाडौँ महानगरपालिकाका अधिकारीबीच मार्स प्रणाली लागू गर्नका लागि आवश्यक प्रविधि, जनशक्तिलगायत विषयमा आज मन्त्रालयमा भएको छलफलले सो प्रणाली लागू गर्ने निर्णय गरेको हो । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले महानगरमा विकास गरिएको प्रविधि...
फागुन २७, चितवन । चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । भरतपुर उपमहानगरपालिका–१२ स्थित आस्थाचोकमा ग ९ प ५६८२ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा भरतपुर उपमहानगरपालिका–९ बस्ने ८८ वर्षीय ठाकुरप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...
फागुन २७, जाजरकोट । सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस हिजो पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २६ जनाको मृत्यु भएको छ । जाजरकोटका सांसद् एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले यातायात व्यवसायीको दादागिरीले दुःखद् घटना भएको प्रतिक्रिया दिएका छन् । थोत्रो काम नगाग्ने बस मर्मत गरि गरि चलाउने यातायातको बानीले गर्दा यस्तो घटना हुने गरेको...
Jajarkot, March 9: At least 25 people were killed and 41 others injured in a road accident occurred in Jajarkot district on Thursday. Of the deceased, the identities of the 15 have been established till now. They are Ganesh Bohara and Nadil Chand of Bheri Malika Municipality-4, Shant Sunar of Bheri Malika-3, Gopal Sunar, Bahadur Bhandari and Sharmila Sunar of Bheri...
फागुन २७, काठमाडौं । मधेसी मोर्चाले गरेको नेपालबन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ । अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । भाडाका सवारी खासै नचलेपनि निजि सवारी भने चलेका छन् । तर पूर्व र मध्यपश्चिममा भने बिहीबार गाडी चलेका छैनन् । सप्तरी घटनामा चार जनाको ज्यान गएपछि संघीय गठबन्धनले बन्द आह्नाव गरेकाले मध्यपश्चिम र पूर्वी क्षेत्रमा गाडी नचलेको प्रहरी जानकारी...
फागुन २६, वालिङ । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा रहेका मासु पसलको विहिबार अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय वालिङको अगुवाइमा गरिएको मासु पसल अनुगमन क्रममा मूल्यमा एकरुपता नभएको, मूल्यसूची टाँस नगरिएको, बिना दर्ता पसल सञ्चालन गरिएको पाइएको र काट्ने ठाउँको सरसफाइ गर्नका लागि सुझाव दिइएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए । “वालिङ नगरभित्रका मासु पसलमा मूल्य एकरुपता...
फागुन २७, भक्तपुर। जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विभिन्न बिद्यालयका १ देखि १२ कक्षासम्म अध्ययनरत नौसय विद्यार्थीलाई बिहीबार जनक खड्का छात्रवृत्ति कोषले रु १० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ । हाल जर्मनीमा बसोबास गर्दै आएका भक्तपुरको दधिकोटस्थित अरनिको उच्च माविका पूर्वविद्यार्थी किरण खड्का र दुर्गा खड्काले आफ्नो छोरा जनक खड्काको स्मृतिमा स्थापना गरेको कोषबाट विद्यार्थीलाई नगद, स्टेसनरी, विद्यालय पोसाक...