होलीमय राजधानी

335

फागुन २९, काठमाडौं ।
केही वर्ष अघि सम्म नेपालको तराई मधेशमा मात्र विषेशरुपमा मनाइने होली पछिल्ला वर्षमा राजधानी लगायत मुलुकैभर हर्षउल्लास पूर्वक मनाउन थालिएको छ । पहाडी जिल्लामा आज होली मनाइएको छ भने तराईका जिल्लामा भने भोलि मात्र मनाइन्छ । राजधानीमा आज विहानै देखि युवा युवतीहरु समुह बनाएर होली खेल्न सडकमा उत्रदा काठमाडौं उपत्यकाको रौनकै फरक देखिएको छ । राजधानीमा पनि पछिल्ला वर्षमा फोहर पानी छ्याप्ने क्रम घटेर रङ्गको प्रयोग बढ्न थालेको देखिन्छ । राजधानीका पार्टी प्यालेस, रेष्टुरा समेत होलीका कार्यक्रमले भरिएका देखिए । यस पटक प्रहरीले विशेष अभियान चलाएर उत्श्रृङ्खल गतिविधिमा नियन्त्रणको गर्यो । बटुवालाई जवरजस्ती रंग दल्ने, अराजक गतिविधि गर्ने १ सय ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाको अनुसन्धान जारी ट त्यस्तै उपत्यकामा ५ सय ९९ जना सवारी चालकलाई कार्वाही गरिएको प्रहरीले जनाएको छ ।