हेटौडाबाट एमालेको मेची महाकाली अभियान फेरि सुरु

192

फागुन २७,
काठमाडौं । सप्तरी घटनापछि स्थगित भएको नेकपा एमालेको मेची–महाकाली अभियान आजबाट फेरि सुरु हुँदैछ । एमालेले आज मकवानपुरको हेटौंडाबाट अभियानलाई निरन्तरता दिन लागेको हो । दिउँसोहेटौंडाको भुटनदेवी विद्यालय परिसरमा हुने सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रचार विभाग सिचव विष्णु रिजलले जानकारी दिए । सप्तरी घटनाकै विरोगठबन्धनले आहृवान गरेको नेपाल बन्दका बाबजुत एमालेले हेटौंडाबाट अभियानलाई निरन्तरता लिन लागेको हो । हेटौंडामा हुने कार्यक्रमको सबै तयारी पूरा भइसकेको एमालेले जनाएको छ । मकवानपुर एमालेले बिहीबार पत्रकार सम्मेलन गरेर हेटौंडामा हुने सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो । एमालेले औपचारिक कार्यक्रमअघि बिभिन्न स्थानबाट ¥याली तथा विविध साँस्कृतिक झाँकीसहित नगर परिक्रमा गर्ने जनाएको छ । कार्यक्रममा मकवानपुरलगायत छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट हजारौं एमाले कार्यकर्ता सहभागी हुने बताइएको छ । अभियानअन्र्तगत फागुन २८ गते १० बजेपछि एमालेको टोली चितवन प्रस्थान गर्नेेछ ।