वस्तुगत उपाध्यक्षमा अनुप मल्लको उम्मेदवारी

1594

फागुन २७
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको यही चैत्र २८ गते हुने साधारण सभा पछि ३ वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको चयन हुँदैछ । साधारण सभा आउन १ महिना मात्र बाँकी रहँदा यति बेला महासंघमा चुनावी सहगर्मी ह्वात्तै बढेको छ । व्यवसायी नेताहरु चुनावको तयारीमा जुटिसकेका छन् । उमेद्वारको घोषणा तथा प्रचार प्रसारले तीव्रता पाउन थालेको छ । यसैक्रममा वस्तुगत संघको तर्फबाट महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति एवं नेपाली वस्तु निर्यात बढाउन महत्वपूर्ण योगदान गरेका व्यवसायी अनुप बहादुर मल्लले प्यानल सहित वस्तुगत उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा पछि नयाँ नेपाल न्यूजसँगको कुराकानीमा आफूले ४ कार्यकाल तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको, अहिले चर्चामा रहेका वस्तुगत तर्फका उम्मेदवार भन्दा आफू सिनियर रहेको, वस्तुगत तर्फका समस्याहरुको पहिचान गरि समस्या समाधान गर्न प्रतिवद्ध रहेको कारण धेरै वस्तुगत संघ र अध्यक्षहरुको समर्थन रहेकाले प्यानल सहित उम्मेदवारी घोषणा गरेको बताए । मल्लले यसअघि वस्तुगत तर्फको कार्यकारिणी सदस्यमा निर्वाचित हुँदा सर्वाधिक मत ल्याएका थिए ।
यस्तो छ मल्ल प्यानल :
नरेशलाल श्रेष्ठ (फेल्ट एसोसिएसन अफ नेपाल)
प्रकाशसिंह कार्की (नेपाल फ्रेड फवार्ड एसोसिएसन)
तुलसीराज गिरि (फिसिएरी एसोसिएसन अफ नेपाल)
सुरज बज्राचार्य (नेपाल कपडा तथा सिलाई एसोसिएसन)
हेमरत्न शाक्य ( नेपाल हस्तकला महासंघ)
रबिन श्रेष्ठ (फुटवयर म्यानुफ्याक्चरर्स् एसोसिएसन)
नरेश बहादुर मल्ल (नेपाल प्रिन्टर्स एसोसिएसन)
खेमराज पन्त ( कुरीयर एसोसिएसन)
सन्तोष श्रेष्ठ ( एड्भरटाइजिङ एसोसिएसन)
सुनिल गोपाल श्रेष्ठ (स्टेशनरी एण्ड एजुकेशन मेटिरियल्स इन्डस्ट्रीज एसोसिएसन)
यसअघि वरिष्ठ उपाध्यक्षमा किशोर श्रेष्ठ र शेखर गोल्छाले त्यस्तै जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षमा भने हालकी वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत अध्यक्ष हुने विधानत व्यवस्था छ । तसर्थ अध्यक्षको निर्वाचन गर्न नपर्ने भएको छ भने पहिलो पटक वरिष्ठ उपाध्यक्षको निर्वाचन प्रत्यक्ष रुपमा हुँदैछ ।