सप्तरी बन्द फिर्ता

609

२८ फागुन, काठमाडौं ।
संयूक्त लोकतान्त्रीक मधेसी मोर्चाले अनिश्चितकालिन भनिएको सप्तरी सप्तरी बन्द फिर्ता लिएको छ ।संयोजक दिनेश यादवले एक विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको जानकारी गराइएको हो ।
मोर्चाले होलीलाई मध्येनजर गर्दै आज रातीबाट लागुहुने गरी बन्द फिर्ता लिएको जनाएको छ । मधेसमा हर्षउल्लास पूर्वक मनाइने होलीलाई तामझाम पूर्वक नमनाउन मोर्चाले आदेशनात्मक भाषामा अपिल गरेको छ । सप्तरीको मलेठमा भएको घटनामा ५ जनाको ज्यान गइसकेको छ । त्यसैको विरोधमा मोर्चाले अनिश्चितकालिन बन्दको घोषणा गरेको थियो ।