गुडिरहेको बसमा मोर्चाका कार्यकर्ताले ढुङ्गा हान्दा एक यात्रु गम्भीर घाइते

247
घाइते कल्पना लिम्बु

२८ फागुन, काठमाडौं ।
तेह्थुम म्यग्लुङ्ग बजारबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७६९२ नम्बरको मितेरी यातायातको रात्री बसलाई संयूक्त मधेसी लोकतान्त्रिक मोर्चाका कार्यकर्ताले सप्तरीको रुपनगरमा गुडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्दा बसमा सवार कल्पना लिम्बु गम्भीर घाइते भएकी छन् । घाइते लिम्बुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानको घोपा क्याम्प अस्पतालमा उपचार भइरहेको छ ।
हिजो राती ११ बजे मोर्चाका कार्यकर्ताले गुडिरहेको बसमा एक्कासी आक्रमण गर्दा प्रहार भएको ढङ्गाले लिम्बुको अनुहार क्षतबिक्षत भएको हो । अवस्था गम्भीर रहेकाले आइसीयूमा राखी उपचार भइरहेको अस्पताल प्रशासन जनाएको छ । मोर्चाका कार्यकर्ताका प्रहारबाट बसको सीसा फुट्नुका साथै लगभग १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

प्रहार गरिएको ढुङ्गा

क्षतिग्रस्त बस