Friday, October 16, 2026
Home Uncategorized गुडिरहेको बसमा मोर्चाका कार्यकर्ताले ढुङ्गा हान्दा एक यात्रु गम्भीर घाइते

गुडिरहेको बसमा मोर्चाका कार्यकर्ताले ढुङ्गा हान्दा एक यात्रु गम्भीर घाइते

254
घाइते कल्पना लिम्बु

२८ फागुन, काठमाडौं ।
तेह्थुम म्यग्लुङ्ग बजारबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७६९२ नम्बरको मितेरी यातायातको रात्री बसलाई संयूक्त मधेसी लोकतान्त्रिक मोर्चाका कार्यकर्ताले सप्तरीको रुपनगरमा गुडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्दा बसमा सवार कल्पना लिम्बु गम्भीर घाइते भएकी छन् । घाइते लिम्बुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानको घोपा क्याम्प अस्पतालमा उपचार भइरहेको छ ।
हिजो राती ११ बजे मोर्चाका कार्यकर्ताले गुडिरहेको बसमा एक्कासी आक्रमण गर्दा प्रहार भएको ढङ्गाले लिम्बुको अनुहार क्षतबिक्षत भएको हो । अवस्था गम्भीर रहेकाले आइसीयूमा राखी उपचार भइरहेको अस्पताल प्रशासन जनाएको छ । मोर्चाका कार्यकर्ताका प्रहारबाट बसको सीसा फुट्नुका साथै लगभग १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

प्रहार गरिएको ढुङ्गा

क्षतिग्रस्त बस