आजबाट स्थानीय तह कायम गा.वि.स. खारेज

392

फागुन २७, काठमाडौं ।
सरकारले आजबाट स्थानीय तहलाई कार्यान्वयनमा ल्याएको छ । बहुदलिय व्यवस्थाको स्थापना संगै २०४७ सालमा कायम गरिएका गाँउ विकास समिति (गाविस) खारेज गरि नेपालको संविधान २०७२ अनुसार व्यवस्था भएको गाँउ पालिका अस्तित्वमा आएको छ । गाँउ पालिका र नगरपालिका गरि ७४४ कायम गरिएको छ ।
स्थानीय विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि नव नियुक्त उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सो जानकारी गराएका हुन् । अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडाको रुपमा रहने छन् । गाविसहरु गाभिएर गाउँपालिका बनेका छन् । गाउँपालिकाको तत्काल न्यूनतम बजेट १ करोड रुपैयाँ रहेको जानकारी दिइएको छ । नयाँ संरचना अनुसार हाल कायम रहेका जिविस पनि अब खारेजि भएका छन् ।