फागुन ११,
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित भएका छन् । त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र...
फागुन ११,
भक्तपुर । आठवर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका ६५ घर राउत परिवारले सावित गरेका छन् । कुल देवताका रुपमा यहाँका वशिष्ठ गोत्रका राउत परिवारले मान्दै आएका विन्ध्यवासिनी, बाह्रभान्जा र सहिक्षेत्रपालका नयाँ डाङ्ग्रे तयार गर्न दुई महिनादेखि गुरुको तान्त्रिक विद्यामार्फत गरिएको प्रयास सफल भएपछि विधिअनुसार मंगलबार आगोमा...
महोत्तरी । महोत्तरीको हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीया अञ्जनीकुमार मिश्रको हत्या आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर– ६ बस्नेफिरोज कवारी, बगडा– ७ बस्ने गंगाराम दास र महोत्तरी गाविस– ७ बस्ने कँुवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि मंगलबार...
अछाम । साँफेबगर १० का लोचन मोहन स्वार उदाहरणीय कुखुरा व्यावसायि बनेका छन् । ३७ बर्षिया स्वार पछील्लो समय जिल्लामा मासुको माग बढिरहँदा उनी कुखुरा पालनमा लागेका हुन् । “विगत तीन बर्ष यता आफु कुखुरा पालनमा लागेको” स्वार बताउँछन् । साँफेबगर नगरपालिका १० मा ॐ सुभम दर्शन पोल्टी फम स्थापना गरी उनी व्यावसायिक कुखुरा पालनमा लागेका हुन् ।...
१० फागुन-
काठमाडौं -सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने नीति लिएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ । सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्ण रुपमा निषेध गर्ने...
फागुन १०,
काठमाडौं । आगामी फागुन २१ देखि चैत चारसम्म मेची(महाकाली अभियानको तयारीमा रहेको प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पूर्वनिर्धारित कार्यक्रममा अवरोध नगर्न अन्य राजनीतिक दल र उनका कार्यकर्तालाई आग्रह गरेको छ । अभियानको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले आफूहरुको अभियान राष्ट्रिय एकताका बारेमा प्रष्ट पार्ने र यो कसैका बिरुद्ध नहुने बताए । उनले भने, ‘यसले एमालेबिरुद्ध छरिएको...
भक्तपुर । विद्यार्थीहरू भित्र रहेका शैक्षिक तथा अतिरिक्त क्षमताहरूलाई उजागर गर्दै घर, समाज र राष्ट्रका लागि चौतर्फी क्षमतावान नागरिकहरू उत्पादन गर्ने उद्देश्यले मोडर्न बोर्डिङ्ग उ.मा.वि. दधिकोट, भक्तपुरले २०६६ सालदेखि हरेक साल मिस्टर र मिस मोडर्न कन्टेस्ट आयोजना गर्दै आएको प्राचार्य श्री अनिल कसपालले बताए । यस वर्ष २०७३ को प्रतियोगितामा मिस्टर मोडर्नको ताज बिशाल बस्नेत , मिस मोडर्नको ताज...
बलराम श्रेष्ठ
Be insured transfer your risk भन्ने नारा सहित वि.सं. २०२४ फागुन ११ गते तत्कालिन राजा महेन्द्र सरकारबाट आफ्नो मोटरको विमा गरी राष्ट्रिय विमा संस्थान प्रा.लि.को रुपमा व्यवसाय संचालन गरेको १ वर्ष पछि वि.सं. २०२५ साल पौष १ गते राष्ट्रिय विमा संस्थान ऐन, २०२५ अनुसार राष्ट्रिय विमा संस्थान गठन भयो । संस्थानको अधिकृत पुँजी १० करोड मध्ये निर्जीवन...
रोजना हुमागाई
मान्छे भावबिहिन शुन्यताको घर खोजिराछ
ढुङ्गा अलग माटो अलग भर खोजिराछ ।
के भेटाउछौ दैवित्व मानव बिचमा तिमि
अरे मान्छे त पुज्नलाई पथर खोजिराछ ।।
लौ समानता स्थायित्व के मिल्ला र अब
अशान्ती कोलाहलको सफर खोजिराछ ।।।
हो अब रुचाउदैन मान्छे अमृतका प्याला
हर बिचारमा पिउन यहाँ जहर खोजिराछ।।।। धुलीखेल, काभ्रे ।
लालबहादुर विक
फागुन १० । अछाम
अछामको दुर्गम गाविस भटकाटियामा जन्मेका गायक एबम संगीतकार पर्वत विश्वकर्मा बालकलाकारको रुपमा सांगीतिक यात्राको सुरुवात गरेका थिए । त्यसबेला उनको उमेर मात्र ११ बर्ष थियो । उनले ‘स्कूलमा कक्षा पाँचमा पढ्दै गर्दा उनि स्कूल छोडेर जनयुद्धमा लागेका थिए । २०५८ सालमा ‘अग्रगामी छलाङ’ नामक सास्कृतिक अभियानको कार्यक्रममा हुम्ला, मुगु र बाजुरामा लगाएतका जिल्लाहरुमा पुगेर नृत्य,...
