मिस एण्ड मिस्टर मोर्डनको उपाधी थापा र बस्नेतलाई

835

भक्तपुर । विद्यार्थीहरू भित्र रहेका शैक्षिक तथा अतिरिक्त क्षमताहरूलाई उजागर गर्दै घर, समाज र राष्ट्रका लागि चौतर्फी क्षमतावान नागरिकहरू उत्पादन गर्ने उद्देश्यले मोडर्न बोर्डिङ्ग उ.मा.वि. दधिकोट, भक्तपुरले २०६६ सालदेखि हरेक साल मिस्टर र मिस मोडर्न कन्टेस्ट आयोजना गर्दै आएको प्राचार्य श्री अनिल कसपालले बताए । यस वर्ष २०७३ को प्रतियोगितामा मिस्टर मोडर्नको ताज बिशाल बस्नेत , मिस मोडर्नको ताज पल्लवी थापा, मिस्टर मोडर्न ट्यालेन्ट रोवीन खत्री र मिस मोडर्न ट्यालेन्ट समी बज्राचार्य हुन सफल भएका छन् । यस भब्य कार्यक्रमका सभापतित्व मोडर्नका संस्थापक अध्यक्ष श्री बाबुकाजि कसपालले गरेका पथए । प्रमुख अतिथिमा नेपाली चर्चित नायिका तथा चलचित्र निर्माता श्री सुभेच्छा थापा, बिशेष अतिथिमा मर्निङ ग्लोरी इन्टरटेन्टमेन्ट इभेन्ट म्यानेजर मोहना क्षत्री रहेका थिए । निर्णायक मण्डलमा कोरियोग्राफर, मोडल र डान्स फिवरका संस्थापक अध्यक्ष श्री गम्भीर बिष्ट, छमछमी २०१४ फाइनालिस्ट , कोरियोग्राफर र एथलेटिक्स डान्स स्टुडियोका को फाउण्डर श्री कृपा बज्राचार्य, डान्सर, कोरियोग्राफर र मोडर्नका नृत्य शिक्षक श्री समीर शंखदेव र गायक र मोडर्नका संगीत शिक्षक क्षितिज खुलुङ रहेका थिए ।