गजलः खोजिराछ

407

रोजना हुमागाई
मान्छे भावबिहिन शुन्यताको घर खोजिराछ
ढुङ्गा अलग माटो अलग भर खोजिराछ ।
के भेटाउछौ दैवित्व मानव बिचमा तिमि
अरे मान्छे त पुज्नलाई पथर खोजिराछ ।।
लौ समानता स्थायित्व के मिल्ला र अब
अशान्ती कोलाहलको सफर खोजिराछ ।।।
हो अब रुचाउदैन मान्छे अमृतका प्याला
हर बिचारमा पिउन यहाँ जहर खोजिराछ।।।। धुलीखेल, काभ्रे ।