यौन सम्बन्ध खुल्ने डरले हत्या गरेको आरोप

298

महोत्तरी । महोत्तरीको हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीया अञ्जनीकुमार मिश्रको हत्या आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर– ६ बस्नेफिरोज कवारी, बगडा– ७ बस्ने गंगाराम दास र महोत्तरी गाविस– ७ बस्ने कँुवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि मंगलबार जलेश्वर कारागारमा राख्ने आदेश दिएको हो । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका धमौरा– १ बस्ने तुफान नट अन्सारीलाई ३० हजार धरौटीमा तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए युवक मिश्रको हत्याको प्रमुख कारण उनको पत्नीको अरुसँग यौन सम्बन्ध राखेको खुलेको र सम्पति हडप्ने उद्देश्य रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।