लोकयानमा सक्रिय पर्वत

546

लालबहादुर विक
फागुन १० । अछाम
अछामको दुर्गम गाविस भटकाटियामा जन्मेका गायक एबम संगीतकार पर्वत विश्वकर्मा बालकलाकारको रुपमा सांगीतिक यात्राको सुरुवात गरेका थिए । त्यसबेला उनको उमेर मात्र ११ बर्ष थियो । उनले ‘स्कूलमा कक्षा पाँचमा पढ्दै गर्दा उनि स्कूल छोडेर जनयुद्धमा लागेका थिए । २०५८ सालमा ‘अग्रगामी छलाङ’ नामक सास्कृतिक अभियानको कार्यक्रममा हुम्ला, मुगु र बाजुरामा लगाएतका जिल्लाहरुमा पुगेर नृत्य, गीत र संगीतको माध्यमबाट जनयुद्धको सन्देश पुर्याउदै जाँदा उनले दुई दर्जन भन्दा बढि गीत युद्धका गीतहरु गाईसकेका छन । २०६९ सालमा काठमाडौँ छिरेका पर्वतले कलंकी क्षेत्रमा गीत, संगीत, नृत्य गर्दै अगाडि बढिरहेका थिए । माओवादी आन्दोलनको रुप परिवर्तन भएसँगै पर्वतको सांगीतक क्षेत्र पनि फराकिलो बन्दै गयो । उनले नृत्य, लोकगीत, देउडा, लोकदोहरीलगायत विधामा प्रवेश गरेका थिए । पर्वतले अहिलेसम्म आफ्नै शब्द, संगीतमा ५० भन्दा बढी गीत रेकर्ड गरिसकेका छन् । उनी मोडलिङमा पनि त्यतिकै सक्रिय र चर्चित छन् । तीन ओटा चलचित्रमा अभिनय गरिसकेका पर्वतले एउटा चलचित्रमा डान्स निर्देशन समेत गरेका छन् । सुदुर पश्चिममा गाईने डेउडा गित हुदै नेपालि कलाकारिता क्षेत्रमा उदाएका कलाकार पर्बत विश्वकर्मा अहिले लोक गितको क्षेत्रमा पनि उदाहरण बन्न पुगेका छन । उनले अहिले गित संगीतमा मात्र हैन स्टेजमा पनि उत्तिकै माग बढि रहेको छ जानाकारी दिएका छन । उनी देशमा मात्र हैन बिदेशमा पनि उत्तिकै चर्चित छन । अहिले उनलाई विदेशका कार्यक्रममा भ्याई नभ्याई छ । यसैक्रममा पर्वतको हालै ‘अत्तरिया–धनगढी भेट भयो नि झ्याम्पै’ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनका तीन ओटा गीती एल्बम आउने तयारीमा छन् । उनको पुजा सुनारको जीवन कथामा आधारित अर्को जुनि भेटौला नामक गित पर्वत बिश्वकर्मा र पुर्णकला बि सि को स्वरमा रेकोर्ड भैसकेको र बजारमा छिट्टै आउन लागेको पनि जानकारी दिएका छन । उक्त गितमा प्रदेशिको पीडा पनि समेटिएको बताएका छन । उक्त म्युजिक भिडियोको निर्देशन, शब्द र संगीत पर्वत आफैले गरेका हुन् भने अभिनय मनोज जैगडी, पर्वत, सुनिता, रेखा मुख्य भूमिकामा छन् । क्रोसमा कञ्चनपुरको झलारी साँस्कृतिक डान्स गु्रपले साथ दिएको छ । रोशन टमाट्टा र पुष्पा बोहराले गीतमा स्वर दिएका छन् । पर्वत आफू सांगीतिक क्षेत्रका सफल भएपनि माओवादी आन्दोलन दिशाविहीन भएकोले विगतको योगदान खेर जाने त होइन भन्दै चिन्ति पनि छन् ।