कुखुरा पालन गरेर ६ जनाको रोजगारी दिन सफल

280

अछाम । साँफेबगर १० का लोचन मोहन स्वार उदाहरणीय कुखुरा व्यावसायि बनेका छन् । ३७ बर्षिया स्वार पछील्लो समय जिल्लामा मासुको माग बढिरहँदा उनी कुखुरा पालनमा लागेका हुन् । “विगत तीन बर्ष यता आफु कुखुरा पालनमा लागेको” स्वार बताउँछन् । साँफेबगर नगरपालिका १० मा ॐ सुभम दर्शन पोल्टी फम स्थापना गरी उनी व्यावसायिक कुखुरा पालनमा लागेका हुन् । अछाममा आफुलाई मासुको माग अत्याधिक बढिरहेको महसुस हुँदा आफु यो पेशामा लागेको उनको भनाई छ । उनी भन्छन् “नेपालमा बर्षेनी अरबौँको मासु भारत र चिनबाट नेपालमा आयात हुने गरेको र आफु जस्ता युवाहरुले विदेश धाउने गरेका छन् ।” आफ्नो जन्म भुमी छोडेर विभिन्न खाडि मुलुकमा ४५÷५० डिग्रीको तापक्रममा काम गर्नु भन्दा मेहनत गरे स्वदेशमै मनग्य आमदानी गर्न सकिने उनले बताए । हामी लाखौँ पैँसा खर्च गरेर विदेश जाने तयारी गर्छौँ । यसरी विदेश जाँदा कैयौँ युवाहरुका लाखांै रकम दलालले खाएर भागेका खबर सुनिन्छन्, भने खर्च गरेर विदेशियका मध्ये धेरै नेपाली युवाहरुा विदेशको कैदी जिवन भोगिरहेका छन् । स्वार फेरी थप्छन् “यसरी कामको शिलसिलामा विदेश गएका धेरै नेपाली युवाहरु बाकसमा फिर्ता आउने गरेका ईतिहास पनि हामीसँग जिवितै छन् ।” कक्षा १२ सम्मको अध्ययन पुरा गरेका स्वार केही बर्ष स्थानिय रामारोशन विकास समाज नामक सस्थामा काम गर्दा मासिक १२ देखी १५ हजार कमाउँथे । तर अहिले उनी राम्रो आम्दानी गरिरहेका छन् । आफु यो पेशामा लाग्दा आफु सहित ६ जनालाई रोजगारी दिएको र काम गर्ने ६ जना मध्ये आफ्नी श्रीमतीले पनि १० हजार बराबरको काम गर्ने गरेको हुँदा श्रीमतीलाई पनि मासिक १० हजारका दरले तलब दिने गरेको लोचन बताउछन् । आफुले जिल्लाका प्रमुखव्यापारीक केन्द्र साँफेबगर, जयगढ बजार, मंगलसेन र मुजाबगर क्षेत्रका करिब ४०÷४५ किसान तथा व्यापारीहरुलाई आफुले कुखुराका चल्ला विक्री वितरण गर्ने गरेको र कुखुरा बढेपछी कहिले काँही विक्री गर्न गाह्रो हुँदा किसानलाई सजिलो होस भनेर आफुले नै विक्री गरेर सहयोग गर्ने गरेको पनि उनले बताए । उनी भन्छन् “हमी हप्तामा १० क्वीन्टल कुखुरा बजार पठाउँछौँ मासिक रुपमा २० दिन आफ्नो उत्पादन र बाँकी १० दिन बाहिरको उत्पादन विक्री गर्छाैँ ।” कुखुरालाई दैनिक गुणस्तर दाना दिन सक्यो भने प्रतिदिन ५० देखी ५५ ग्राम सम्म बढ्ने गर्दछ आफुले २ देखी ३ के.जी सम्म उत्पादन गर्ने गरेको र आफुले विक्री वितरण गरेका कुखुराहरु कुनै कुनै किसानले ७ देखी ८ के.जी सम्मका ब्रोईलर कुखुरा उत्पादन गर्ने गरेको स्वार बताउछन् । उनी भन्छन् “ब्रोईलर कुखुरालाई १०८ दिन पछि विक्री गरिसक्नु पर्छ यो समय भित्र यसको प्रयोग गर्न ढिलाई भयो भने दाना बढी खाने र यसको तौल पनि घट्दै जाने समस्या हुन्छ ।” सुरुमा केही वित्तिय संस्थाहरुबाट कर्जा ल्याई सुरु गरेको व्यावसायलाई अहिले स्वारले कुखुरा तथा दाना ओसार पसार गर्न आफुले आफ्नै गाडीद्धारा सेवा दिने गरेका छन् । स्वार भन्छन् “अहिले सम्म कुनै संघ सस्थाबाट कुनै किसीमको सहयोग पाएको छैन ।” पहिले एउटा खोरबाट सुरु गरेको व्यासायलाई स्वारले अहिले अर्काे खोर निर्माण गरी थप कुखुरा राख्ने तयारी गरेका छन् । यो संगै उनले घर नजिकै सानो तरकारी बारि समेत बनाउनु भएको छ । कुखुराको दिशाको अत्याधिक राम्रो मल हुने र यसको सदुपयोग गर्न आफुले सानो भए पनि तरकारी बारी बनाएको स्वारको भनाई छ । प्राय जसो उनको दैनिकी कुखुरा, कुखुराका चल्ला, दाना खरिदबिक्री, कुखुराको स्याहारसुसार र रेखदेखमै बित्ने गर्दछ ।
समस्याः
स्वार भन्छन् “ब्रोईलर कुखुरालाई गर्मी मौसममा २ देखी ४ ईन्च र चिसो मौसममा ६ देखी ८ ईन्च कन वा वालुवा आवश्यक पर्दछ तर कुनै बेला कन उपलब्ध नहुँदा आफुले कैयौँ पटक डोटीबाट कन खरिद गरी ल्याउनु पर्ने बाध्यता आउँछ ।” यस्तै बाहृय जिल्लाबाट भित्रने कुखुराको मासुको प्रति के.जी. १५५ देखी १६० मा अछाम पुग्ने गरेको र स्थानिय स्तरमा उत्पादन गरेको कुखुराको मासुको प्रति के.जी. २०० देखी २१० सम्म पर्ने गरेको हुँदा आफु र यसरी व्यावसाय गर्नेहरु मर्कामा पर्ने गरेको उनी बताउछन् । पशुपंक्षी तथा पशुपंक्षीजन्य पर्दाथको आन्तरिक ओसार पसार तथा विक्री र वितरणको लागी दिईने भेटेरिनरी प्रमाण पत्रको व्यावस्था र पशुपंक्षी मापदण्ड २०६४ को परिच्छेद ३, दफ ६ को उपदफा ६ संग सम्बन्धित क्राईन्स टाईम्सको व्यावस्था भए पनि सो कुराको लागु नहुँदा आफुलाई बाहृय व्यापारीसँग प्रतिसप्रर्दा गर्ने अप्ठेरो भएको स्वार आफ्नो अनुभव बताउछन् । एकातिर बाहृय जिल्लाबाट भित्रने कुखुरा व्यापारीसँग प्रतिसप्रर्दा गर्नु पर्ने बाध्यता त छँदैछ अर्काे तिर प्राविधिक समस्याका कारण कैयौँ पटक कुखुराका चल्ला विरामी हुँदा वा मर्दा जिल्ला पशुसेवा कार्यालयलाई जानकारी गराउँदा कार्यालयले चेक जाँच गर्ने गरेको र रिर्पाेट कहिल्यै आफुसँग नआउने गरेको स्वारको गुनासो छ । यो समस्याको बारेमा कुनै पहल नहुँदा आफु मर्कामा परेको उनको भनाई छ । अहिले यो पेशाले आफ्ना दुई बच्चाहरुलाई पढाइ लेखाईमा सहज हुनुका साथै आफु नमुना व्यावसायीको रूपमा धेरै ठाउँमा चिनिन पाउँदा स्वार खुसी भएको अनुभव गर्छन् । लालबहादुर विक