राप्रपा केन्द्रीय सदस्यमा रेखा, कोमल र मिराको जीत

164

फागुन ११,
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित भएका छन् । त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम गर्तौलालगायत रहेका छन् । यही फागुन ६ गतेदेखि सुरु भएको अधिवेशनलाई आज औपचारिक कार्यक्रम गरी समापन गरिने बताइएको छ ।