बीमा र राष्ट्रिय बीमा संस्थान

1114

बलराम श्रेष्ठ
Be insured transfer your risk भन्ने नारा सहित वि.सं. २०२४ फागुन ११ गते तत्कालिन राजा महेन्द्र सरकारबाट आफ्नो मोटरको विमा गरी राष्ट्रिय विमा संस्थान प्रा.लि.को रुपमा व्यवसाय संचालन गरेको १ वर्ष पछि वि.सं. २०२५ साल पौष १ गते राष्ट्रिय विमा संस्थान ऐन, २०२५ अनुसार राष्ट्रिय विमा संस्थान गठन भयो । संस्थानको अधिकृत पुँजी १० करोड मध्ये निर्जीवन विमा तर्फ ५ करोड ७४ लाख ७८ हजार ३ सय तथा जीवन विमा तर्फ ९५ लाख १ सय गरी जम्मा ६ करोड ६९ लाख ७८ हजार ४ सयको शेयर जारी छ । संस्थानको सम्पत्ति हालको बजार मूल्यको आधारमा करिब रु. ३० अर्व रहेको छ भने यसले अपर तामाकोसी, नेपाल जल विद्युत विकास कम्पनी आदी राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी बढाउँदै राष्ट्रको विकासमा महत्वपूर्ण योगदान दिदै आईरहेको छ ।
राष्ट्रिय विमा संस्थान स्थापनाको ५० वर्ष पूरा गरेको अवस्थामा विमा संस्थानमा विद्यमान् विभिन्न कमजोरीहरुले गर्दा आज विमा संस्थान कुनै दुर्घटनामा पर्ने त होइन भनि संका उपसंका रहेको अवस्थामा त्यस संस्थाको विमा अभिकर्ताको नाताले केही कुरा यहाँ लेख्ने जमर्को गरेको छु । संस्थानमा रहेका धेरै समस्याहरु मध्ये विषेशतः नयां कर्मचारी भर्ना तथा लेखापरीक्षण प्रकृया अद्यावधिक नभएको कारण बजारमा विभिन्न भ्रमहरु रहेको छ । ती भ्रमहरु निवारण गर्नु आवश्यक देखिन्छ ।
हालको बजार मूल्यलाई आधार मान्ने हो भने यस संस्थानको सम्पत्ति करिव रु. ३० अर्व रहेको छ । लगभग ७ लाख विमितहरुको विमा पोलिसी चालू रहेको अवस्था छ । तिनीहरुको सम्पूर्ण दायित्व एकैचोटी भुक्तान गर्ने हो भने पनि लगभग १२ अर्व जति सम्पत्ति विमा संस्थानसंग रहने देखिन्छ । यस तथ्याङ्कले गर्दा बीमा संस्थान आर्थिक रुपमा ज्यादै मजबुत रहेको देखिन्छ ।
जीवन बीमा किन गर्ने ?
जीवन बीमा एक करार हो । मानव जीवन र सम्पत्ति माथि अनेकौं जोखिमहरु आई पर्ने सम्भावना रहन्छ । यस्तो जोखिमबाट सुरक्षा पाउन बीमाको आवश्यकता पर्दछ । जीवनमा आई पर्ने सबै प्रकारका जोखिमहरुबाट आई पर्ने आर्थिक सुरक्षा प्रदान गर्न विभिन्न किसिमका बीमाको विकास भएको छ । यस मध्ये जीवन बीमा एक हो । जीवन बीमाले बीमितहरुमा विभिन्न खाले फाईदाहरु प्रदान गर्दछ । आर्थिक सुरक्षा प्रदान, बचत गर्नमा प्रोत्साहन, लाभ दायक लगानी, सामाजिक प्रतिष्ठामा वृद्धिमा योगदान दिने हुनाले जीवन विमा दीर्घकालिन लगानीको एक उत्तम माध्यम रहि आएको पाइन्छ ।
विमितले आफ्नो रुचि, आवश्यकता अनुसार विमा योजनाहरु लिन सक्छन् । हाल संस्थानमा प्रचलित रहेको मूख्य बीमा योजनाहरु साबधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा बाल बच्चा शिक्षा तथा विवाह सावधिक जीवन बीमा, सामूहिक साबधिक जीवन बीमा, जीवन साथी जीवन बीमा, जीवन सुरक्षा जीवन बीमा, बाल उमंग जीवन बीमा, जीवन बन्धु जीवन बीमा आदि ।
जीवन बीमा प्रिमियमको निर्धारण निम्नानुसार हुन्छ । प्रस्तावकको उमेर, विमांक, बीमाअवधि, स्वास्थ्यको अवस्था, पेशाको खास प्रकृति आदिको आधारमा बीमा शुल्क निर्धारण गरिन्छ । जीवन वीमा आफ्नो आय श्रोत अनुसार एक भन्दा बढी गर्न सकिन्छ ।
अभिकर्तामा हुनेपर्ने गुणहरुः
अभिकर्तामा मानव प्रकृतिको ज्ञान, ग्राहकहरुको आवश्यकता संचार सीपहरु सुन्ने, प्रस्तुती, समयको ख्याल राख्ने आशावादी इमान्दारी आदी गुणहरु हुनु पर्दछ । साथै दैनिक कार्यक्रम बनाउने ग्राहकसँग कुसल मंगल कुराहरु गर्ने सधै सकारात्मक विचार धारा राख्ने, नरिसाउने, ग्राहकरुहो रुचि अनुसार ज्ञान राख्ने सकेसम्म १÷२ जनाको बीचमा कुरा गर्ने ।
प्रस्ताव फारम जीवन बीमाको करारको अभिन्न अंगभएको हुँदा जीवन बीमा प्रस्ताव फाराम पूर्ण र स्पष्ट रुपमा भर्नु पर्दछ । कुनै केरमेट गर्नु हुँदैन ।
बीमा कम्पनीले ३ अवस्थामा भुक्तानी दिन्छ ।
१) अवधि भुक्तानी,
२) मृत्यु दावी भुक्तानी
३) बीमितको अवश्यकता अनुसार
विमा संस्थानमा यथेष्ट दक्ष कर्मचारी नभएर एवं विभिन्न योजनाहरु ल्याउन नसकिरहेको अवस्था रहेको र ल्याउन चाहेमा पनि विभिन्न बाधा अड्चन विभिन्न निकायहरुले पु¥याउने गरेको अवस्था छ । संस्थानलाई कम्मरमा डोरी बाधेर अरु कम्पनी सरह बजारमा दौड्न पठाएको अवस्था छ । निजी कम्पनीहरु बजार व्यवस्थापन गर्नलाई अभिकर्ता एवं संस्थालाई छुट दिई मार्केटिङ गरीरहेको अवस्था छ । त्यसैले गर्दा बिमा संस्थानको बजार हिस्सा गुम्दै गइरहेको छ । संस्थानमा दावी भुक्तानीको हकमा कुनै समस्या नरहेको देखिन्छ ।
वीमा समितिको तथ्याङ्क हेर्ने हो भने करिब ९०,०००।– (नब्बे हजार) वीमा अभिकर्ता कार्यरत रहेका छन् । संस्थानमा ७ हजार बिमा अभिकर्ता मध्ये लगभग २५ सय जति मात्र सक्रिय रुपमा कार्यरत रहि जीविकोपार्जन गरिरहेका छन् ।
वीमा समिति एवं संस्थानले व्यक्तिगत अभिकर्तालाई प्रोत्साहन गरी देशको दुर दराज, कुना काप्चा सम्म वीमाको पहँुच पु¥याउन सकिन्छ । वीमा कम्पनीले भोग्दै आईरहेको विभिन्न खाले समस्याहरु केही मात्रामा भएपनि समाधान हुने देखिन्छ । किनकी वीमा कम्पनीहरु आफ्नो वीमा अभिकर्ता मार्फत वीमाको नियमहरु सर्वसाधरणलाई बुझाउन सक्छ ।
बीमा आधारभूत क्षेत्रहरुः बीमक, बीमित, कर्मचारी, बीमा अभिकर्ता, पूनर्बीमा समग्रको विकास गर्ने सोच राख्ने नेतृत्वदायी भूमिका खेल्ने नेतृत्वको अभाव खड्किरहेको अवस्था रहि आएको छ ।
बैंकहरुले वीमाको काम, वीमाले बैंकको काम गर्ने हो भने किन चाहियो २ वटा नियमकारी निकाय । होइनभने यी २ वटाको छुटा छुटै कार्य क्षेत्र रहेको छ । त्यस कारण बैंकले वीमाको काम गर्ने होइन ।
अतः आन्तरिक लेखा परिक्षणमा अब्बल स्थानमा रहेको बीमा संस्थानको कमजोरीको रुपमा रहेको कयातधबचभ र लेखा परिक्षण अन्तिम चरणमा रहेको हुंदा मानव जीवन र सम्पत्ति माथि भविष्यमा आई पर्ने जोखिमहरुको भुक्तानी गर्न सक्ने राष्ट्रिय बीमा संस्थानमा वीमा गरी ढुक्क होऔं । लेखक बीमा अभिकर्ता हुन् – Email: balram_bima@yahoo.com