Wednesday, May 6, 2026
Home Blog Page 2191
फागुन १९, काठमाडौं । तपाईलाई लगातार दुई हप्तासम्म रुघाखोकी र ज्वरो आएको भए तुरुन्त अस्पताल गएर चेक गर्नु होला । यदि यस्तो लक्षणको समयमै उपचार नगर्दा कतै तपाईलाई स्वाइन फ्लु त भएको छैन ध्यान दिनु होला । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । अस्पतालका सरुवा...
फागुन १८ – काठमाण्डौ २१४४ औँ ग्याल्पो ल्होसारको समापन समारोह काठमाण्डौको टुँडिखेलमा आयोजित कार्यक्रममा कलाकारहरको विशेष प्रस्तुति रह्यो । शेर्पा तथा हिमाली भेगका बासिन्दाले मात्र मनाउने भनिएको यो ल्योसार अहिले शेर्पा, गुरुङ् र तमाङ्हरुले पनि ३ दिन सम्म धुमधामले मनाए ।
फागुन १९, भक्तपुर । बुधबार भक्तपुरका त्रिवीको दुई आंगीक क्याम्पसमास्वतन्त्र विद्यार्थी युनियनको सम्पन्न भएको छ । मतगणना कार्य गएराती सकिएको छ । जसमा भक्तपुर बहुमुखी क्याम्पसमा नेमकिपा निकट विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाली कांग्रेस निकट नेविसंघ विद्यार्थी संघ संयुक्त प्यानलले जित हासिल गरेको छ । जस अनुसार संयुक्त प्यानलका सभापति उम्मेदवार दिनेश खडगीले नेतृत्वमा उनको समुह नै बिजय भएको...
फागुन १९, भक्तपुर । परम्परागत नृत्य तथा वाध्य गुरु एवँ जीवित साँस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाइ आगामी फागुण २१ गते शनिवार नागरिक अभिनन्दन गर्ने भएको छ । उप राष्ट्रपति नन्दबहादुर पुन ज्यूको प्रमुख आतिथ्यमा मध्यपुर थिमिस्थित बिभिन्न १०१ वटा सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा उनलाई थिमी बालकुमारी मन्दिर प्रांगनमा नागरिक अभिनन्दन गर्न लागेको हो । उक्त दिन बिहान ११ बजे उनको बाहाखा...
फागुन १९, अछाम । जिल्ला अस्पताल मंगलसेन बाट मोबाईल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीको चार्जमा राखिएका दुई ओटा मोबाईल सेट चोरी गरिएका प्रहरीले बताएको छ । चोरी गरिएका मोबाईल सेट मंगलसेन बजारको एक पसलमा धरौटी राखी रक्सी पिउने क्रममा मंगलसेन प्रहरी चौकीको गस्तीटोलीले पक्राउ गरेको प्रहरी सहायक विधुर बहादुर चन्दले जानकारी...
लाल बहादुर वि.क. फागुन १९ अछाम । अछाम जिल्लाका विकट गाविसहरु धमाधम छाउपडी गोठमुक्त गाविस घोषणा भैरहेका बेला सदरमुकाम मंगलसेन नगरपालिकाका महिलाहरु भने अझै पनी गोठमै वसीरहेका छन । मंगलसेन मुख्य वजारको दायाँवायाँका वस्तीहरुमा अशिक्षित मात्रै होईन उच्च शिक्षा अध्यन गरिरहेका किसोरीहरु पनी छाउपडी गोठमा वस्दै आईरहेका छन । जिल्लाको विकासको मुटु कार्यालय मानिने जिल्लाविकास समितिको कार्यालय हाता वाट करिव...
फागुन १९, चितवन । चितवन भरतपुरस्थित घरबाटै हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । भरतपुर उपमहानगरपालिका–६ निवासी ६० वर्षीया सुमित्रा नेपाली जङ्गलमा मृत भेटिएकी हुन् । मङ्गलबार घरबाटै हराइरहेकी महिलालाई खोजी गर्ने क्रममा घर नजिकैको वनमा बुधबार मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...
फागुन १८ , काठमाण्डौ मुलुकमा भइरहेको सङ्कटबाट जनमानसमा निरासा छाइरहेको बेला एक जना आफुलाई हनुमानको सेवक भन्न रुचाउने स्वामी सेवकले वर्तमान सङ्कटको निवारणको एक मात्र समाधान सङ्कटमोचन हनुमानको धाम स्थापना गर्नु एक मात्र विकल्प रहेको भन्दै उक्त प्रयोजनको लागि आगामि बैशाख २४ गतेबाट महायज्ञ गर्ने घोषणा गरेका छन् । उनको दावी अनुसार धाम निर्माण पश्चात मुलुकले सबै सङ्कटबाट मुक्ति पाउने...
फागुन १८ - काठमाण्डौ २०६८ सालमा इन्द्रायणी, बज्रयोगिनी, पुखुलाछी, सुनटोल, लप्सीफेदी र नाङ्लेभारे गाविस मिलाएर बाइएको शङ्खरापुर नगरपालिकालाई जनसङ्ख्याको मापदण्ड नपुगिएको भन्दै कागेश्वरी मनहरा नगरपालिकामा गाभ्ने निर्णयको विरोधमा काठमाण्डौको शान्तिबाटीकामा रिले अनशन विगत ६ दिन देखि जारी छ । स्थानिय पुर्नसंरचना आयोगले तोकेको मापदण्डमा अनुसूची १ मा काठमाण्डौ जिल्लालाई पहाडि जिल्लामा राखे पनि अहिले उपत्यका र तराईका जिल्लाको जनसङ्ख्याको मापदण्ड...
फागुन १८, सप्तरी । राजविराजका विद्यालयहरुमा लगातार बम फेला पर्न थालेपछि विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयहरु त्रसित बनेका छन् । पछिल्लो दुई दिन विद्यालयहरुमा लगातार बम भेटिएको छ । बुधबार राजविराज ५ स्थित लक्ष्मी इंग्लिस बोर्डिङ स्कुल प्रांगणभित्रै बम फेला परेको प्रहरीले जनाएको छ । बिहान ७ बजेतिर फेला परेको बमलाई नेपाली सेनाको टोलीले साढे १० बजेतिर निष्कृय पारेको छ...