वर्तमान सङ्कटको निवारणका लागि स्वामीको यस्तो दावी

419

फागुन १८ , काठमाण्डौ
मुलुकमा भइरहेको सङ्कटबाट जनमानसमा निरासा छाइरहेको बेला एक जना आफुलाई हनुमानको सेवक भन्न रुचाउने स्वामी सेवकले वर्तमान सङ्कटको निवारणको एक मात्र समाधान सङ्कटमोचन हनुमानको धाम स्थापना गर्नु एक मात्र विकल्प रहेको भन्दै उक्त प्रयोजनको लागि आगामि बैशाख २४ गतेबाट महायज्ञ गर्ने घोषणा गरेका छन् । उनको दावी अनुसार धाम निर्माण पश्चात मुलुकले सबै सङ्कटबाट मुक्ति पाउने छ । धाम बल्खुमा रहेको भुवनेश्वरि मन्दिर हाता भित्र निर्माणाधिन अवस्थामा रहेको छ । ईन्द्रमति बल्खु खोलाको किनारमा ११ मुखे हनुमानको प्रतिमा रहने महायज्ञ मुल समितिका संयोजक रविराज पौडेलले बताए ।

यस्तो छ स्वामि सेवकको भनाइ
यस धर्ती नेपालमा सङ्कटमोचन धाम नेपाल राष्ट्र समाज, व्यक्ति र घर घरमा आइरहेको सङ्कट निवारणको लागि २०५८ साल देखि श्री सङ्कटमोचन हनुमान धाम बनाउन स्वयम साक्षत हनुमानको आदेश भए अनुसार २०६३ सालबाट जग्गा खोज्ने क्रममा भूवनेश्वरी मन्दिर परिषरमा म पुग्दा त्यहाँको सङ्घर्ष समितिको लिखित अनुमतिले जग्गा प्राप्त गरे पनि साक्षत हनुमान आदेश बिना उहाँले उक्त स्थानमा झण्डा गाड्ने काममा चार वर्ष पछाडि मात्र गाड्नु प¥यो त्यस पछाडि सङ्कटमोचन सेवा समितिको विधिवत रुपमा २०६३ साल श्रवण २७ गते जिल्ला प्रशासन कार्यलय काठमाण्डौमा दर्ता गरि विधिवत रुपमा पत्र मार्फत खाता नम्बर मा रकम जम्मा गर्न सक्ने गरि मेची – महाकाली सम्मका सर्वसाधारण देखि अर्वपति सम्मलाई व्यक्तिको तर्फबाट, घर परिवारको तर्फबाट, नातेदार गोत्र थरबाट रु१०÷जम्मा गर्न सक्ने भनेर पत्र बाँडियो तर पनि आजका दिन सम्म कुनै पनि व्यक्तिले खातामा रकम जम्मा नगरे पछि श्री राष्ट्रिय सङ्कटमोचन श्रीमद सप्ताह ज्ञान महायज्ञ यहि वैशाख २४ गतेबाट वाचक प्रविण दिनवन्धु पोखरेलबाट धाम निर्माण स्थलमा सप्ताह लगाएर उक्त धाम नेपालमा निर्माण गर्न लागिएक हो ।