भक्तपुरमा नेक्राविसंघ र सानोठिमी क्याम्पसमा अखिल क्रान्तीकारीको नेतृत्व

454

फागुन १९,
भक्तपुर । बुधबार भक्तपुरका त्रिवीको दुई आंगीक क्याम्पसमास्वतन्त्र विद्यार्थी युनियनको सम्पन्न भएको छ ।
मतगणना कार्य गएराती सकिएको छ । जसमा भक्तपुर बहुमुखी क्याम्पसमा नेमकिपा निकट विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाली कांग्रेस निकट नेविसंघ विद्यार्थी संघ संयुक्त प्यानलले जित हासिल गरेको छ ।
जस अनुसार संयुक्त प्यानलका सभापति उम्मेदवार दिनेश खडगीले नेतृत्वमा उनको समुह नै बिजय भएको छ । सानोठिमी क्याम्पसमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस निकट नेविसंघ विद्यार्थी संघ संयुक्त प्यानलले जित हासिल गरेको छ । जस अनुसार संयुक्त प्यानका सभापति उम्मेदवार रमेश खडका नेतृत्वको समुहले जित हासिल गरेको छ ।
यि दुई क्याम्पसमा एमाले निकट अनेरास्ववियु सानोठिमी विप्लव निकट क्रान्तिकारी विद्यार्थीसंग मिलेर प्रमुख प्रतिद्ध्रन्दी रहेको थियो । भक्तपुर क्याम्पस उक्त संगठन एकल रुपमा प्रतिद्धन्दी रहेको अनेरास्ववियु भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिएका छन् ।