सुमित्रा रहस्यमय मृत्यु

269

फागुन १९,
चितवन । चितवन भरतपुरस्थित घरबाटै हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । भरतपुर उपमहानगरपालिका–६ निवासी ६० वर्षीया सुमित्रा नेपाली जङ्गलमा मृत भेटिएकी हुन् । मङ्गलबार घरबाटै हराइरहेकी महिलालाई खोजी गर्ने क्रममा घर नजिकैको वनमा बुधबार मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको मृत्युको यकिन कारण भने खुलेको छैन । उनलाई गैँडाले आक्रमण गरेको अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।