मोबाईल चोरी गर्ने दुई जना पक्राउ

282

फागुन १९,
अछाम । जिल्ला अस्पताल मंगलसेन बाट मोबाईल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीको चार्जमा राखिएका दुई ओटा मोबाईल सेट चोरी गरिएका प्रहरीले बताएको छ । चोरी गरिएका मोबाईल सेट मंगलसेन बजारको एक पसलमा धरौटी राखी रक्सी पिउने क्रममा मंगलसेन प्रहरी चौकीको गस्तीटोलीले पक्राउ गरेको प्रहरी सहायक विधुर बहादुर चन्दले जानकारी दिए । पक्राउ पर्नेमा मंगलसेन नगरपालिका वडा नं. ५ का गुप्त ढुंगाना र नाडा गाविस वडा नं. ९ का महेन्द्र बहादुर शाही रहेको सहायक निरिक्षक चन्दले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरुबाट २ सेट मोबाईल र ताला काट्ने ह्याक्सो विलेट बरामद गरेको छ । उनीहरुले पहिले फागुन १६ गते राति मंगलसेन बजारको केहि पसल चोरी गर्ने प्रयास गर्दै गर्दा पक्राउ गरिएको प्रहरीको भनाई छ ।