स्कुलमा बम आतंकले विद्यार्थी र अभिभावक त्रासमा

239

फागुन १८, सप्तरी । राजविराजका विद्यालयहरुमा लगातार बम फेला पर्न थालेपछि विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयहरु त्रसित बनेका छन् ।
पछिल्लो दुई दिन विद्यालयहरुमा लगातार बम भेटिएको छ । बुधबार राजविराज ५ स्थित लक्ष्मी इंग्लिस बोर्डिङ स्कुल प्रांगणभित्रै बम फेला परेको प्रहरीले जनाएको छ । बिहान ७ बजेतिर फेला परेको बमलाई नेपाली सेनाको टोलीले साढे १० बजेतिर निष्कृय पारेको छ ।
यसअघि मंगलबार राजविराज ९ स्थित पिस जोन मोडेल स्कुल अगाडि सकेट बम फेला परेका थिए ।