समाजको डरले छाउपडी गोठमा वस्दै महिलाहरु

471

लाल बहादुर वि.क.
फागुन १९ अछाम । अछाम जिल्लाका विकट गाविसहरु धमाधम छाउपडी गोठमुक्त गाविस घोषणा भैरहेका बेला सदरमुकाम मंगलसेन नगरपालिकाका महिलाहरु भने अझै पनी गोठमै वसीरहेका छन । मंगलसेन मुख्य वजारको दायाँवायाँका वस्तीहरुमा अशिक्षित मात्रै होईन उच्च शिक्षा अध्यन गरिरहेका किसोरीहरु पनी छाउपडी गोठमा वस्दै आईरहेका छन । जिल्लाको विकासको मुटु कार्यालय मानिने जिल्लाविकास समितिको कार्यालय हाता वाट करिव १५ देखी २० मिटर दुरीमा रहेको वस्तीमा समेत छाउपडीगोठमा महिलाहरु वसिरहेका देखिन्छन । मंगलसेन नगरपालिका वडा नं ५ वालमन्दिर टोल निवासी षोड्शा देवि उच्च माविमा कक्षा ११ मा अध्यनरत छात्रा सरस्वती विकले आफु घरमै वस्ने ईच्छा भएपनी टोलमा अहिले सम्म कोही पनी घरमा नवसेका र समाजको डरले छाउपडी गोठमा वस्न वाध्य भएको गुनासो गरिन । छाउडी गोठको अनुगमन गर्न आउने मानिसहरु पनी गोठ व्यवस्थीत भएको वताउने गरेकोले आफुलाई अनुगमनमा आउने अनुगमनकर्ता प्रति रिस उठ्ने गरेको सोही टोलमा वस्ने अर्कि महिला निर्मला विकले वताईन । अछाम जिल्लामा जिल्ला वाहिरवाट छाउपडी कुपर्था र छाउपडी गोठको वारेमा अनुगमन गर्न आउने अनुगमन कर्तालाई जिल्लाक विकट गाविसमा लिएर जानेहरुका नजरमा सदरमुकामकै मुटुमा रहेका छाउपडी गोठहरु किन पर्दैनन् । अहिले को युवापस्ताले घरमा वस्न चाहेर पनी पुरानो पुस्ताका मासिहरुका कारणले चाहेर पनी उनिहरु छाउपडी गोठमा वस्न वाध्य भएका छन । आफु वस्ने घर वरी परीका महिलाहरुलाई आफुले पटक पटक छाउडी गोठमा नवस्न भनेर सम्झाउदा पनी उनिहरुले नमानेको महिला अधिकारकर्मि विन्दुलले वताउनु भयो । यस्तै आफुले घरमै गरएर छाउ हुँदा गोठमा नवसी घरमै वस्न सम्झाएको अर्कि महिला अधिकारकर्मि सरस्वती रावलले वताउनु भयो । हाल सम्म जिल्लाका ३ नगरपालिकाका साविकगाविका गाविस र अन्य गाविस गरी ३१ गाविस छाउपडी गोठमुक्त गाविस घोषणा भैसकेका भए पनी सदरमुकाम मंगलसेन नगरपालिका संगै सिमाना जोडिएको तिमिल्सैन गाविस र २०७२ साल असोज ९ गते छाउगोठमुक्त गाविस घोषणा गरिएको गाज्रा गाविसमा छाउगोठमै २ जना महिलाको ज्यान गए संगै अछाम जिल्लामा हाल सम्म ९ जना महिलाको छाउगोठमा वसेका कारण ज्यान गैसकेको छ ।