शङ्खरापुर नगरपालिकालाई यथावत राख्न माग गर्दै रिले अनशन

1137

फागुन १८ – काठमाण्डौ
२०६८ सालमा इन्द्रायणी, बज्रयोगिनी, पुखुलाछी, सुनटोल, लप्सीफेदी र नाङ्लेभारे गाविस मिलाएर बाइएको शङ्खरापुर नगरपालिकालाई जनसङ्ख्याको मापदण्ड नपुगिएको भन्दै कागेश्वरी मनहरा नगरपालिकामा गाभ्ने निर्णयको विरोधमा काठमाण्डौको शान्तिबाटीकामा रिले अनशन विगत ६ दिन देखि जारी छ । स्थानिय पुर्नसंरचना आयोगले तोकेको मापदण्डमा अनुसूची १ मा काठमाण्डौ जिल्लालाई पहाडि जिल्लामा राखे पनि अहिले उपत्यका र तराईका जिल्लाको जनसङ्ख्याको मापदण्ड अनुसार राखेर २ नगरपालिका गाभ्न खोजेपछि स्थानियहरु आन्दोलित भएका हुन् । भूबनोटका हिसाबले पनि उक्त क्षेत्र अन्य पहाडि क्षेत्र जस्तै छ । यहाँको जनसङ्ख्या हाल ३० हजार रहको छ भने कागेश्वरी मनहराको जनसङ्ख्या शङ्खरापुर नगाभे पनि उपत्यकाको मापदण्ड अनुसार पुग्छ । यो नगरपालिका सांस्कृतिक धार्मिक महत्वको हिसाबले घोषणा भएकोले यसलाई यथावत राख्नुपर्ने अनशनमा सहभागि शङ्खरापुर नागरिक समाजका सम्योजक रुपेशलाल श्रेष्ठले बताए । अनशनमा स्थानिय स्थरमा रहेका सबै दलको सहभागिता छ । नेकपा एमालेका नेता शम्भु दुलालले सो क्षेत्रको ऐतिहासिक धार्मिक सांस्कृतिक पहिचान मेटाउने प्रयत्नबाट नगरपालिका गाभ्न खोजिएकाले बाध्य भएर आन्दोलित हुनु परेको बताए ।