फागुन २५,
पाल्पा । चौतारीको संरक्षण र अस्तित्व जोगाउने उद्देश्यले रामपुरका स्थानीयवासी ७० वर्षीय जयनारायण न्यौपानेले चौतारी निर्माण गरेका छन् । रामपुर नगरपालिका–९ तातोपानी, शालिकरामघाटमा न्यौपानेले आफ्नै लगानीमा लक्ष्मीनारायण चौतारी निर्माण गरेका हुन् ।
उनले झन्डै रु ८० हजारको लागतमा पक्की चौतारी निर्माण गरेका छन्। आजभन्दा १० वर्षअगाडि आफैँले वरपिपल र स्वामीका बिरुवा रोपण गरेको चौतारीको संरक्षणका लागि पक्की चौतारी निर्माण...
सिर्जना घले
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गतेलाई तोके पछि क्रमश निर्वाचनको माहोल बन्दै गएको छ । २०५४ सालको जेठ महिनामा भएको स्थानीय निकायको निर्वाचन पछि अब २० वर्षको अन्तरालमा स्थानीय स्तरको निर्वाचन हँदैछ । यस विचमा २०५६ सालमा आम निर्वाचन, २०६४ र २०७० मा संविधान सभाको निर्वाचन सम्पन्न भइसकेको छ । जनता सँगको नजिकको सत्ता १४ वर्ष...
फागुन २४,
काठमाडौं । नेकपा एमालेले अब आफ्नो मेची–काली राष्ट्रिय अभियान अब मधेसका जिल्लाहरुमा सञ्चालन नगर्ने भएको छ । सप्तरीमा हिजो भएको झडपमा मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएसँगै एमालेले अब मधेस नजाने निर्णय गरेको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब पार्टीले मधेसमा अभियान सञ्चालन नगर्ने जानकारी दिए ।
‘पछिल्लो...
फागुन २४, चितवन । पूर्वराजा ज्ञानेन्द्र मंगलबार बिहान चितवनबाट निजी सवारी साधनमा नवलपरासीको दम्कौली पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी पुगेको केही घण्टापछि पूर्वराजा त्यहाँ पुगेका हुन् ।
चौधरी गु्रपले दम्कौलीमा निर्माण गरेको सीजी धामको उदघाटनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र त्यहाँ निम्त्याइएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी बिहानै पुगेकी थिइन् भने ज्ञानेन्द्र दिउँसो पुगेका छन् ।
पूर्वराजा दम्कौली जानका लागि सोमबार...
फागुन २४
, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले टीकापुर घटनामा क्षति रोक्न प्रयास नगरेको भन्दै सशस्त्र प्रहरीका डीआईजी खडानन्द चौधरी र एसपी लक्ष्मणबहादुर सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
सुरक्षा निकायको असावधानी, गुप्तचरको कमजोरी र प्रहरी संगठनबीच आपसी समन्वय अभावका साथै फितलो सुरक्षा योजना र सुरक्षा लापरवाहीका कारण टीकापुर घटना भएको आयोगको ठहर छ । साथै घटनामा सुरक्षाकर्मीतर्फ ठूलो...
फागुन २४,
काठमाडौ । चलचित्र ‘यो साइनो मायाको’ ४ चैतबाट अलनेपाल रिलिज हुँदैछ । विशुद्ध प्रे्रमकथामा आधारित यो चलचित्रको अधिकांश छायाँकन पुर्वमै गरिएको हो ।
अरुण प्रधान निर्देशित ‘यो साइनो मायाको’ लाई रामकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।
करिब ६० लाख रुपैयाँ बजेटमा निर्माण भएको यो नायक जतिन ताम्राकार र नायिका रेश्मा घिमिरेको डेब्यु चलचित्र हो ।
तर, आफ्नो डेब्य चलचित्र भएपनि...
फागुन २४, काठमाडौं । अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान खुलेको छैन ।
प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो । फेब्रुअरी ३ मा बेलुकी ८ः२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
‘त्यहाँ...
एजेन्सी । युवतीहरुको समुहले एक शिक्षकलाई अपहरण गरी लागूपदार्थ खुवाएर जबरजस्ति सेक्स गरेका छन् । यो घटना जिम्बाबेमा चार ‘वीर्य लुटेरा’ सेक्सपछि उनलाई झाडीमा फालेर केटीहरु हिँडेका थिए ।
नाम नखुलेका करिब २० वषिर्य शिक्षकले प्रहरीलाई बताए अनुसार उनलाई मिनिबसमा लिफ्ट दिएर अज्ञात स्थानमा लगिएको थियो । आफूलाई बिताएपछि अर्को शिकारको खोजीमा उनीहरु गाडी लिएर हिँडेको उनको भनाई छ...
फागुन २४,
काठमाडौ । निजी क्षेत्रको हवाइ कम्पनी बुध्द एयरले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर भन्दा आधा सस्तोमा कम दरका टिकटहरु बिक्री वितरण गर्दै आएको जनाएको छ । यस्ता टिकटहरुको संख्या हाल पहिलेको भन्दा वृद्धि गरिएको पनि सो एयरले जनाएको छ ।
साथै विभिन्न गन्तव्यहरुमा यात्रुको सुविधा तथा मागलाई हृदयंगम गरि उडानहरु थप्दै आएको बुध्दले जनाएको छ । उसले आगमी...
एजेन्सी । भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा रहेको कुप्रथालाई यसैको उदाहरणका रुपमा लिन सकिन्छ ।दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, तर समाजका कतिपय तप्का अझै पनि हास्यास्पद अन्धविश्वासभित्र जकडिएका छन् ।
यहाँको मान्यता के छ भने यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्यो भने त्यो ठूलो अलक्षिन हुन्छ । यो अलक्षिनलाई भगाउनका लागि सो बच्चाको कुकुरसँग बिहे गराइदिने...










