यो साइनो मायाको चैत ४ गतेबाट

371

फागुन २४,
काठमाडौ । चलचित्र ‘यो साइनो मायाको’ ४ चैतबाट अलनेपाल रिलिज हुँदैछ । विशुद्ध प्रे्रमकथामा आधारित यो चलचित्रको अधिकांश छायाँकन पुर्वमै गरिएको हो ।
अरुण प्रधान निर्देशित ‘यो साइनो मायाको’ लाई रामकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।
करिब ६० लाख रुपैयाँ बजेटमा निर्माण भएको यो नायक जतिन ताम्राकार र नायिका रेश्मा घिमिरेको डेब्यु चलचित्र हो ।
तर, आफ्नो डेब्य चलचित्र भएपनि आशावादी रहेको जतिनले बताए ।
चलचित्रमा प्रेम, रोमान्स र रोदन मिश्रित छ ।
मञ्जिना मुमिज् क्रियशनको व्यानरमा निर्मित ‘यो साइनो मायाको’ मा जतिन र रेश्माका अलावा नवनितराज प्रधान, राजु भुजेल, किशोर भण्डारी र विशाल श्रेष्ठको पनि मुख्य अभिनय छ ।
यो चलचित्रले दर्शकसँग कस्तो साइनो गाँस्न सफल हुने हो, त्यो भने चैत ४ पछि नै थाहा हुनेछ । तर, निर्माणपक्ष भने चलचित्र प्रति ढुक्क छन् ।