बुद्ध एयरले ल्यायो सस्तो भाडादरको स्किम

406

फागुन २४,
काठमाडौ । निजी क्षेत्रको हवाइ कम्पनी बुध्द एयरले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर भन्दा आधा सस्तोमा कम दरका टिकटहरु बिक्री वितरण गर्दै आएको जनाएको छ । यस्ता टिकटहरुको संख्या हाल पहिलेको भन्दा वृद्धि गरिएको पनि सो एयरले जनाएको छ ।
साथै विभिन्न गन्तव्यहरुमा यात्रुको सुविधा तथा मागलाई हृदयंगम गरि उडानहरु थप्दै आएको बुध्दले जनाएको छ । उसले आगमी चेत्त १ गतेबाट भद्रपुर, विराटनगर, नेपालगञ्ज र धनगढीमा थप १ व्यवसायिक उडान गर्ने तयारी गरेको छ ।
त्यस्तै जनकपुर विमानस्थलको स्तरोन्नती भएपछि त्यहा“ पनि सस्तो टिकटको एकतर्फी भाडादर २ हजार रुपैयाँ तोकिने बुध्दले जनाएको छ । जसले हवाई उडान हरेक नेपालीका लागि सहज हुने बुध्द एयरको विश्वास छ ।
बुध्द एयरले सस्तो दरका टिकटका साथ सेवा प्रदान गरिरहेको दावी गरेको छ । यसअघि बुध्दले थप एक एटीआर ७२ जहाज भित्र्याएको थियो । फ्रान्समा निर्मित यो जहाजमा ७२ आरामदायी सीटहरु छन् । थपिएको नयाँ जहाजससँगै बुध्द एयरसँग एटीआर–७२ को संख्या चार पुगेको छ । यी बाहेक तीनवटा एटीआर—४२ र दुईवटा बीच एयरक्राफ्ट १९००–डी जहाज रहेका छन् ।