७० वर्षको उमेरमा चौतारी निर्माण

570

फागुन २५,
पाल्पा । चौतारीको संरक्षण र अस्तित्व जोगाउने उद्देश्यले रामपुरका स्थानीयवासी ७० वर्षीय जयनारायण न्यौपानेले चौतारी निर्माण गरेका छन् । रामपुर नगरपालिका–९ तातोपानी, शालिकरामघाटमा न्यौपानेले आफ्नै लगानीमा लक्ष्मीनारायण चौतारी निर्माण गरेका हुन् ।
उनले झन्डै रु ८० हजारको लागतमा पक्की चौतारी निर्माण गरेका छन्। आजभन्दा १० वर्षअगाडि आफैँले वरपिपल र स्वामीका बिरुवा रोपण गरेको चौतारीको संरक्षणका लागि पक्की चौतारी निर्माण गरेको न्यौपानेले बताए ।
तातोपानीघाट नजिकै निर्माण गरिएको यस चौतारीमा घामलाग्दा गर्मीबाट बच्न, गोठालो जानेलाई बस्न तथा कालीगण्डकी स्नान गर्न आउनेका लागि आराम गर्न सहज होस् भनेर चौतारी निर्माण गरेको उनले बताए ।