अब एमाले मधेस नजाने

325

फागुन २४,
काठमाडौं । नेकपा एमालेले अब आफ्नो मेची–काली राष्ट्रिय अभियान अब मधेसका जिल्लाहरुमा सञ्चालन नगर्ने भएको छ । सप्तरीमा हिजो भएको झडपमा मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएसँगै एमालेले अब मधेस नजाने निर्णय गरेको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब पार्टीले मधेसमा अभियान सञ्चालन नगर्ने जानकारी दिए ।
‘पछिल्लो विकसित परिस्थितिका कारण उत्पन्न संवेदनशीलतालाई विचार गरी हामीले आज फागुन २४ गतेदेखि २५ र २६ गते तीन दिन अभियानको कार्यक्रम स्थगित गरेका छौं’, भट्टराईले भने, ‘फागुन २७ गते हेटौँडाबाट हाम्रा अगाडिका कार्यक्रम यथावत् सञ्चालन हुनेछन् र तिनको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिनेछ ।’