चार युवतीले गरे बलात्कार

384

एजेन्सी । युवतीहरुको समुहले एक शिक्षकलाई अपहरण गरी लागूपदार्थ खुवाएर जबरजस्ति सेक्स गरेका छन् । यो घटना जिम्बाबेमा चार ‘वीर्य लुटेरा’ सेक्सपछि उनलाई झाडीमा फालेर केटीहरु हिँडेका थिए ।
नाम नखुलेका करिब २० वषिर्य शिक्षकले प्रहरीलाई बताए अनुसार उनलाई मिनिबसमा लिफ्ट दिएर अज्ञात स्थानमा लगिएको थियो । आफूलाई बिताएपछि अर्को शिकारको खोजीमा उनीहरु गाडी लिएर हिँडेको उनको भनाई छ । गाडी भने पुरुष ड्राइभरले चलाएको उनले बताए ।
घटनाको अनुसन्धानमा संलग्न एक सूत्रले शिक्षकलाई उदृत गर्दै भन्यो, ‘ड्राइभरले एकाएक गाडी रोके र एउटी केटीले तुरुन्तै मेरो आँखा छोपिन् भने अरु तीन जनाले झ्यानाकुटी पार्दै गाडीमा हाले । त्यसपछि मलाई बोतलबाट तरल पदार्थ पिउन भनियो । त्यो पिएपछि म लठ्ठ परेर ढलेँ ।
‘मलाई लठ्याएर चार केटीहरुले पालैपालो सेक्स गरे र वीर्य निकालेर लगे,’ शिक्षकले बयानमा भनेका छन् ।
त्यसपछि उनी उठेर लुगा लगाए र त्यहाँबाट हिँडेर मेन रोडमा आए । अनि, लिफ्ट मागेर नजिकैको प्रहरी चौकीमा पुगे । त्यसपछि उनलाई स्ट लुकेस हस्पिटलमा पुर्‍याइएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले यसलाई निर्लज्ज उत्तेजात्मक आक्रमणका रुपमा लिएका छन् ।
त्यस घटनामा संलग्न ती स्त्रीहरुलाई पक्राउ गरेको प्रहरीले उनीहरुबाट वीर्यले भरिएका ३१ वटा कन्डम जफत गरेको थियो । यसैगरी गत वर्ष बुलावायोमा तीन स्त्रीहरुले एक व्यक्तिलाई अपहरण गरी वीर्य निकालेर भागेका थिए ।