चैत ५,
काठमाडौं । निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लेख गरिएको ‘संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको शब्दावली हटाइदिएपछि सो पार्टीले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीको शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यको आकस्मिक बैठकले आयोगलाई निर्णय सच्याउनको लागि दवाव दिने उद्देश्यले चैत ७ गतेदेखि चरणबद्ध संघर्षको कार्यक्रम घोषाणा गरेको हो...
चैत ५,
धरान । धरानमा युवाहरुको बीच भएको ‘ग्याङ फाइट’मा एक युवकको मृत्यु भएको छ । धरान नगरमहानगरपालिका १९ मा दुई समूहका युवाहरुबीच झगडा भएको थियो । त्यसक्रममा शुक्र राई समूहको छुरा प्रहारबाट धरान १५ का भक्त राईको मृत्यु भएको छ ।
घटनामा गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको...
नेपाल राष्ट्रबैंकले सवारी कर्जा प्रवाहमा कडाइ गरेपछि अटोमोबाइल क्षेत्रको कारोबार निरन्तर ओराले लागेको छ। वाणिज्य बैंकहरुमा अधिक तरलता अभाव भए पछि राष्ट्रबैंकले सवारी कर्जाको सीमा ५० प्रतिशतमा झारेपछि अटोमोबाइल क्षेत्रको कारोबार ओरालो लागेको हो।
‘गाडी खरिद गर्न चाहाने ग्राहकलाई ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्थे,’ सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजबाबु श्रेष्ठले भने, ‘बैंकले कर्जा प्रभाव ४० प्रतिशतसम्म कटौती गरेपछि...
आमिर नाजिर मुस्किलले १५ वर्ष पुगेका थिए। उनी गत बिहीबार मारिए। उनको शवलाई बेहुलाझैँ सिंगारिसकेपछि सद्गति गरियो। उनको आमाले मृत छोरालाई दुध पिलाउन खोजेको फोटो भाइरल भयो। त्यसले कास्मिरका जनताको मनस्थितिलाई राम्रोसँग दर्शाउँथ्यो।
आमिर हुलदंगा गर्ने भीडको सदस्य भएको जनाइयो, जसमध्ये धेरैले श्रीनगरबाट ३५ किलोमिटर टाढा रहेको पद्गमपुर गाउँमा सुरक्षा फौजले आतंकवादविरोधी अपरेशन सुरु गरेपछि सुरक्षाकर्मीमाथि ढुंगा वर्षाएका थिए। करिब...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली भ्रमणमा रहेकी उपप्रधानमन्त्री विमलेन्द्र निधीसँगको भेटमा कञ्चनपुर घट्नाका बारेमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारवाही गरिने अश्वासान दिएका छन्। शुक्रबार गृहमन्त्री निधिसंगको भेटबार्ताका क्रममा मोदीले उक्त अश्वासन दिएको बताइएको छ।
भेटमा निधीले कञ्चनपुर घटनाबारे भारतीय प्रमको ध्यानाकर्षण गराएपछि माेदीले यस्ताे अाश्वाशन दिएको स्रोतको भनाइ छ।
फागुन २६ गते कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलले...
नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०७३ को समु्द्घाटन समारोहमा उपस्थित भई मेलाको समुद्घाटन सहित मेलामा सहभागी भई शुभकामनाका दुई शव्द राख्न पाउंदा निकै खुशी लागेको छ । सरकारको समेत सहयोगमा नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको यस अन्तर्राष्ट्रिय व्यापार मेलाको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मेलामा नेपाल लगायत हाम्रा छिमेकी देशहरु भारत तथा...
१. नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१७ को यस समुद्घाटन समारोहमा सम्पूर्ण मान्य अतिथि गण एवं मेलामा आफ्नो स्टल राखी व्यापार प्रवद्र्धन गर्न इच्छुक तमाम स्वदेशी एवं विदेशी पद्रर्शनीकर्ताहरुको हार्दिक स्वागत अभिबादन गर्दछु ।
२. आफ्नो अत्यन्त व्यस्त कार्य तालिकाबाट यस मेलाको समुद्घाटनका लागि समय दिनु भएकोमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । सम्माननीय प्रधानमन्त्रीज्यूको यस गरिमामय उपस्थितिलाई...
१. नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०१७ को समुद्घाटन समारोहमा गरिमामय उपस्थित जनाउनु हुने प्रमुख अतिथिज्यू सहित सम्पूर्ण उपस्थित अतिथिगणमा नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट म हार्दिक आभार प्रकट गर्दछु ।
२. नेपाल सरकारले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघको सामाजिक आर्थिक विकासको अभियानमा गर्दै आएको साझेदारीलाई महत्वपूर्ण रुपमा लिंदै...
Uncategorized
मेलाले तुलनात्मक लाभका वस्तुहरुको विश्व बजारमा प्रवर्द्धन गर्न सघाउ पुर्याउने:प्रधानमन्त्री
चैत्र ३, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भृकुटीमण्डपमा नेपाल उद्योग बाणिज्य महासंघ द्बारा आयोजित आजबाट सुरु भएको छैटौ नेपाल अन्तराष्ट्रिय व्यापार मेलको उद्घाटन गर्दै मेलाले तुलनात्मक लाभका वस्तुहरुको विश्व बजारमा प्रवर्द्धन गर्न सघाउ पुर्याउने बताएका छन् । उनले यसै वर्ष भित्र अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माण गरिने प्रतिबद्धता समेत व्यक्त गरे। यस अघि महासंघका अध्यक्ष पशुपति मुरारकाले प्रदर्शनी केन्द्रको अभावका...
३ चैत, फलेवास (पर्वत) । नजिकमा पानीको स्रोत नहुँदा पर्वतका विभिन्न गाविसका भूकम्पपीडित समस्यामा परेका छन् । पिउने पानीको समेत अभाव भएपछि भूकम्पले घर भत्किएकालाई पुनर्निर्माणमा समस्या परेको छ ।
भूकम्प गएपछि १६ महिना टहरामा बसेका शालिग्राम–५, हनुमानडाँडाका माधवप्रसाद भट्टराईले गत पुसमा नयाँ घर बनाउन थाले पनि पानी अभावले समस्या परेको बताए । घर बनाउन थालेको केही दिनमै नजिकैको मूलको पानी...










