Monday, September 28, 2026
Home Uncategorized मेलाले तुलनात्मक लाभका वस्तुहरुको विश्व बजारमा प्रवर्द्धन गर्न सघाउ पुर्याउने:प्रधानमन्त्री

मेलाले तुलनात्मक लाभका वस्तुहरुको विश्व बजारमा प्रवर्द्धन गर्न सघाउ पुर्याउने:प्रधानमन्त्री

439

चैत्र ३, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भृकुटीमण्डपमा नेपाल उद्योग बाणिज्य महासंघ द्बारा आयोजित आजबाट सुरु भएको छैटौ नेपाल अन्तराष्ट्रिय व्यापार मेलको उद्घाटन गर्दै मेलाले तुलनात्मक लाभका वस्तुहरुको विश्व बजारमा प्रवर्द्धन गर्न सघाउ पुर्याउने बताएका छन् । उनले यसै वर्ष भित्र अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माण गरिने प्रतिबद्धता समेत व्यक्त गरे। यस अघि महासंघका अध्यक्ष पशुपति मुरारकाले प्रदर्शनी केन्द्रको अभावका कारण अन्तर्राष्ट्रबाट आउन चाहने धेरै व्यवसायीलाई ल्याउन नसकेको भनाइ राखेका थिए । आजबाट सुरु भएको मेला चैत ७ गते सम्म चल्ने छ । ५ लाख
अवलोकनर्ताले अवलोकन गर्ने अनुमान गरिएको मेलाबाट २० करोड बढीको कारोबार हुने अनुमान आयोजकले गरेका छन् । मेलामा स्वदेशी एंव विदेशी वस्तु तथा सेवाको हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका ३ सय ४० स्टल छन् । मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीको सहभागिता छ । मेलामा नेपाली जडीबूटीका उत्पादनहरुका ३५ वटा स्टल छन् । महासंघको कृषि उद्यम केन्द्र अन्र्तगतको हिमाली आयोजनाका ७० वटा स्टल मार्फत कृषि उत्पानहरुको प्रदर्शनी पनि गरिएको छ । मेलाको मुख्य आकर्षण जडिबुटी र उच्च हिमाली भेगका कृषि उत्पादन रहेका छन् ।