निर्वाचन आयोग विरुद्ध राप्रपाको आन्दोलन

335

चैत ५,
काठमाडौं । निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लेख गरिएको ‘संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको शब्दावली हटाइदिएपछि सो पार्टीले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीको शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यको आकस्मिक बैठकले आयोगलाई निर्णय सच्याउनको लागि दवाव दिने उद्देश्यले चैत ७ गतेदेखि चरणबद्ध संघर्षको कार्यक्रम घोषाणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमअनुसार चैत ७ गते ७५ ओटै जिल्ला सदरमुकाममा जुलुस सहित निर्वाचन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने र एक घण्टा धर्ना दिने, काठमाण्डौमा निर्वाचन आयोगको कार्यालय बहादुर भवन अगाडि एक घण्टा धर्ना दिने र ज्ञापन पत्र बुझाउने तय गरिएको छ ।
यस्तै आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तथा चैतको तेस्रो हप्ताबाट हिन्दुराष्ट्र पुनस्र्थापनाको माग राखेर देशव्यापि शान्तिपूर्ण सडक संघर्ष गर्ने तयारी गरेको छ ।