महोत्सवबाट स्थानीय जनताको आय स्तरमा वृद्धि भएको छ ।

268
पशुपति मुरारका

१. नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१७ को यस समुद्घाटन समारोहमा सम्पूर्ण मान्य अतिथि गण एवं मेलामा आफ्नो स्टल राखी व्यापार प्रवद्र्धन गर्न इच्छुक तमाम स्वदेशी एवं विदेशी पद्रर्शनीकर्ताहरुको हार्दिक स्वागत अभिबादन गर्दछु ।
२. आफ्नो अत्यन्त व्यस्त कार्य तालिकाबाट यस मेलाको समुद्घाटनका लागि समय दिनु भएकोमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।  सम्माननीय प्रधानमन्त्रीज्यूको यस गरिमामय उपस्थितिलाई हामीले नेपाल उद्यागे वाणिज्य महासंघप्रतिको सम्माननीय प्रधानमन्त्रीज्यूको व्यक्तिगत माया र सद्भावका रुपमा लिएका छौं । उद्योग व्यापार जगतले सधैनै प्रधानमन्त्रीज्यूबाट उद्योग व्यवसायको विकास विस्तारका लागि अभिभावकीय भूमिकाको अपेक्षा गरेका छौं ।
३. समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएकोमा माननीय वाणिज्य मन्त्रीज्यू, माननीय सांसदज्यूहरु, संवैधानिक अंगका प्रमुखज्यूहरु, उच्चपदस्थ सरकारी अधिकारीज्यूहरु, संचारकर्मीहरु, उद्योग  व्यापार जगतका साथीहरुको पनि स्वागत अभिवादन गर्दछु ।
४. यसवर्ष मेलामा छिमेकी देशहरुबाट भएको उत्साहवद्र्धक सहभागिताबाट हामी अत्यन्त उत्साहित भएका छौं । मेलामा मित्रराष्ट्र चीन, भारत, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड लगायतका देशहरुका उत्पादन, प्रविधि तथा विविध सेवाको प्रदर्शन हुदैछ । मेलामा भाग लिन आउनु भएका सबै प्रदर्शनीकर्ता, प्रतिनिधिमण्डल र पाहुनाहरुको पनि स्वागत अभिवादन गर्दछु ।
५. सन् १९४६ मा एड्ना रथ बाइलर  -Edna Ruth Byler_ नाउ गरेकी साउथ अमेरिकन महिलाले साउथ अमेरिकामा पहिलो पटक शुरु गरेको मेला प्रदर्शनी आज ७१ वर्षको अन्तरालमा विश्वभरनै व्यापार प्रवद्र्धनको एक सशक्त एवं प्रभावकारी माध्यम बनिरहेको छ । मेला, क्रेता, विक्रेता, सृजनाकार, लगानीकर्ताहरुलाई एकै थलोमा भेला गराउने, व्यवसायिक कौशल आदानप्रदान गर्ने दरिलो माध्यम पनि हो ।
६. नेपालमा मेला महोत्सवहरु निकै नै हुने भए पनि वार्षिक क्यालेण्डरका रुपमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला हुन नसकिरहेको परिप्रेक्षमा ६ वर्ष अघि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल भित्रै वर्षेनी एक अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना गर्ने अठोटका साथ यो मेलाको शुरुवात गरेको हो । हाम्रो यो अठोटलाई नेपाल सरकारले पनि सहर्ष साथ दियो र प्रत्येक वर्षको मार्च महिनामा यो मेला आयोजना गरिदै आएको छ ।  मेला आयोजकमा सहयोग र सहकार्यका लागि नेपाल सरकार विशेष गरी वाणिज्य मन्त्रालयलाई हार्दिक धन्यवाद दिन चाहान्छु । वाणिज्य मन्त्रीज्यू पनि हामी माझ हुनुहुन्छ । उहांको उद्योग व्यापार क्षेत्रप्रतिको सद्भाव र यसको विकासप्रतिको चासोका लागि आभार व्यक्त गर्दै यहां स्वागत अभिवादन गर्दछु । यो वर्ष वाणिज्य मन्त्रालयले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र मार्फत सहयोग गरेको छ । म नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछु ।
७. अन्तर्राष्ट्रिय व्यापार मेलाको छैठौं संस्करणसम्म आईपुग्दा यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा आफ्नो एक पहिचान बनाई सकेको छ । नेपालको व्यावसायिक क्यालेण्डरमा यो परिचित भैसकेको छ । स्थापित भैसकेको छ । महासंघ पनि यसकोस्तर अभिवृद्धिमा निरन्तर लागि परेको छ  ।    Consumer Fair बाट विशुद्ध व्यापार मेला प्रर्दशनी Trade Fair/Exhibition को रुपमा परिणत गर्ने हाम्रो प्रयास जारी छ । मेलाको स्तर अभिवृद्धिका लागि विगतका वर्ष हामीले विश्वका विकसित र विकासोन्मुख मुलुकहरुमा मेला, महोत्सव प्रदर्शनी गर्ने अनुभव हासिल गरिसकेको अन्तराष्ट्रिय म्यानेजमेन्ट समूहलाई समेत सहभागि गराएको स्मरण गराउ“दै उनीहरुले समेत मेला आयोजनामा अवलम्बन गरेको पद्धतीलाई अंगाल्दै यस वर्षको मेला आयोजना गरिएको जानकारी गराउदछु ।
८. वाह्य देशहरुमा आयोजना हुने मेलाहरुमा भाग लिंदाको हाम्रो अनुभवले पनि मेलालाई प्रत्यक्ष खरिद विक्रीका लागि भन्दा पनि यसलाई व्यवसायिक सम्बन्ध विस्तार गर्ने, व्यवसायिक सम्झौताहरु गर्ने, संयुक्त लगानी आकर्षण गर्ने, व्यवसायिक सहकार्यलाई थालनी गर्ने अवसरको रुपमा भरपुर प्रयोग गरेको पाइन्छ । तर हाम्रो सन्दर्भमा व्यापार मेलाहरु अझै पनि उपभोक्ता मेलाकै अवस्थाबाट माथि उठ्न नसकेको यथार्थतालाई आत्मसाथ गर्दै महासंघले यसलाई समग्रमा नेपाललाईनै प्रवद्र्धन गर्ने अभिप्राय अनुसार काम गरिरहेको समेत यहांहरुमा विश्वास दिलाउन चाहान्छु । मेलालाई नेपालकै एक Brand Event का रुपमा विकसित गरी लैजाने रणनीति अनुसार कार्य भैरहेको समेत जानकारी गराउ“दछु ।  हामीलाई विश्वास छ आगामी केही वर्ष भित्रनै यस मेलालाई विश्वस्तरको बनाउन सफल हुने छौ ।
९. अन्तर्राष्ट्रिय व्यापार मेलाको आकर्षण वर्षेनी बढ्दै गएको छ । यो वर्ष नेपालका हस्तकला, जडिबुटी, उच्च हिमाली भेगमा उत्पादन हुने कृषि वाली मेलाको मुख्य आकर्षणको रुपमा रहने छ । यस वर्षको मेलामा  Job Fair अर्को महत्वपूर्ण आकर्षणको रुपमा रहने छ । नेपाल सरकार, श्रम मन्त्रालय÷श्रम विभाग÷रोजगार सूचना केन्द्र, अन्तर्राट्रिय श्रम संगठन ILO को लाइफ प्रोजेक्टको सहयोगमा रहने उक्त जब फेयर प्लाटफर्म मार्फत रोजगारदाता र कामको खोजीमा रहेका यूवाहरुलाई एकै ठाउ“मा भेला गराई रोजगारी सम्बन्धी जानकारी दिइनुका साथै कामको खोजीमा रहेकालाई सहजीकरणको पहल समेत हुनेछ ।  मेलाको अवलोकन र आफ्नो व्यापार व्यवसाय अभिवृद्धि गर्न धेरै वैदेशिक क्रेताहरु समेत आउ“दै हुनुहुन्छ । मेलाकै अवसर पारेर व्यवसायिक भेटघाट सहित अन्य कार्यक्रमहरु समेत हुने विश्वास दिलाउन चाहान्छु ।  सम्माननीय प्रधानमन्त्रीज्यू,
१०. विगत केही वर्षयता नेपालमा मेला महोत्सवको संख्या बढदै गएको छ । अन्तर्राट्रिय जगतबाट समेत नेपालमा आयोजना हुने व्यापार मेलाहरुलाई अत्यन्त महत्वका साथ हेरिंदै आएको छ । तर विडम्बनाको कुरो हामी कहा“ प्रदर्शनीका लागि सुविधा सम्पन्न प्रदर्शनी हल नहु“दा अन्तर्राष्ट्रिय जगत सामुन्ने लाजमर्दो अवस्था छ । काठमाडौंमा भएको भृकुटिमण्डप पनि जीर्ण पूर्वाधारका कारण मेला आयोजनाका लागि निकै कठिन बन्दै गएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनीकर्तालाई स्थान अभावका कारण फर्काउनु परेको तितो अनुभव हामीसंग छ । प्रत्येक वर्ष पुर्वाधारका लागि हामी कराई रहन्छौं तर काम भएको छैन । चोभारस्थित जमिनमा पूर्वाधार निर्माणका लागि कुरा भएपनि सो अहिलेसम्म अगाडी बढ्न सकेको छैन । सम्मानीय प्रधानमन्त्रीज्यू, यहा“कै कार्यकालमा यसलाई यथाशीघ्र अगाडी बढाइदिन विशेष आग्रह गर्दछु । यसको विकास एवं संचालनमा उच्च व्यवसायिकता हुनु जरुरी छ । नेपाल सरकारसंग मिलेर सहकार्य गर्न निजी क्षेत्र प्रतिवद्ध छ ।
११. नेपालको व्यापार घाटा उच्च गतिमा बढीरहेको छ । पछिल्लो तथ्यांक अनुसार आयात निर्यातको अनुपात १३ः१ रहेको छ । यस्तो कहाली लाग्दो अवस्थामा हाम्रो निर्यात वढाउनुको विकल्प छैन । निर्यात वढाउने एक उपाय भनेको हाम्रा उत्पादनहरुको प्रर्दशन पनि हो र यस्ता प्रर्दशनीले उत्पादक र उपभोक्ता खरिदकर्ता र आपूर्तिकर्ता वीचको संम्पर्क स्थापना गराउंन मद्दत गर्ने हाम्रो विश्वास छ ।
१२. मुलुकको अर्थतन्त्र यतिखेर उत्साहजनक नभएतापनि व्यवसायीक वातावरण सृजना भएको छ । औद्योगिक एने परिवर्तनले व्यवसायीहरुलाई उत्साह थपेको छ । विगतमा जकडिएर रहेको लोडसेडिङको अन्त्य भएको छ । यसले स्वदेशी एवं विदेशी लगानीको लागि ढोका खोलेको छ । यसै वर्ष गत महिना भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनले पनि लगानी कर्ताहरुलाई उत्साहित बनाएको छ । नेपालमा धेरै संभावनाहरु छन् त्यसको सदुपयोग गर्न हामी सकिरहेका छैनौं तर अब यी सबै सम्भावनाहरुको सदुपयोग हुनेमा हामी विश्वस्त छौं । स्वदेशी एवं विदेशी लगानीकर्ताहरुको चासो एवं उत्साहले हामीलाई थप उत्साहित बनाएको छ । यस्तो अवस्थामा आयोजना भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले अब नेपालमा लगानी लागि सुरक्षित छ, अन्तर्राष्ट्रिय लगानी खोजीरहेको छ भन्ने संदेश दिने हाम्रो विश्वास छ ।
१३. म यस अवसरमा मेलामा सहभागी हुन आउनु भएका विदेशी उद्यमी व्यवसायीहरुलाई आफ्ना देशमा नेपाल वारेमा सकारात्मक संदेश प्रवाह गर्न तथा संयुक्त लगानी, प्रविधि मार्फत नेपाललाई सहयोग गर्न आग्रह समेत गर्दछु ।
१४. मेलाको भरपुर उपयोग गर्दै स्वदेशी उद्यमी  व्यवसायीहरुलाई, आफ्ना विदेशी counterpart हरुसंग मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि सम्बन्ध स्थापित गर्न समेत म विशेष आग्रह गर्दछु ।
१५. निकै लामो समय पछि स्थानी निर्वाचन हु“दैछ । यसले मुलुकभर आशाको संचार गराएको छ । निर्वाचन सफल पार्न सरकार, सबै दल एक जुट हुन समेत निजी क्षेत्र आग्रह गर्दछ । मुलुकको संघीय संरचनालाई स्थानीय निर्वाचनले एक निश्चित आकार दिन सफल हुने विश्वास निजी क्षेत्रको छ । स्थानीय निर्वाचन पश्चात मुलुक आर्थिक विकासको मार्गमा अगाडी बढ्ने समेत हाम्रो विश्वास छ ।
१६. महासंघले मेला महोत्सव मार्फत उद्योग व्यापार प्रवद्र्धनमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ । राष्ट्रिय, क्षेत्रीय र स्थानीय मेलाहरुप्रति सरकार लगायत सवै सरोकारवालाहरुको चासो बढ्दै गएको हामीले पाएका छौं । हरेक वर्ष महासंघले आफ्ना सदस्यहरुको समन्वय एवं सरकारको सहयोगमा मोफसलमा करिव तीन दर्जन भन्दा बढी मेला महोत्सव आयोजना गर्दै आएको छ । ती मेला महोत्सवबाट एकातिर स्थानीय जनताहरु प्रत्यक्षरुपमा अर्थतन्त्रको मुल प्रवाहमा समाहित हुन सकेका छन भने अर्कातिर स्थानीयस्तरमा आर्थिक गतिविधि बढ्न गएको छ । मेला महोत्सवकै कारण  गा“उघरमै गरिएको ससानो मेहनतको मुल्य पाइन थालेको छ । स्थानीय जनताहरुमा स्वावलम्विपना र उद्यमशीलताको जागरण ल्याएको छ । कतिपय व्यवसायीहरु मेलामार्फत आफ्नो बजार बढाउन समेत निकै सफल भएका छन् । यसलाई हामीले निकै ठूलो सफलताको रुपमा लिएका छौं ।
१८. महासंघबाट मेला प्रवद्र्धन कार्यमा महासंघको व्यापार मेला समितिले महत्वपूर्ण कार्य गर्दै आएको छ । यस मेलाको आयोजना लगायत विभिन्न क्षेत्रीय र स्थानीय मेला आयोजनाका लागि सकृय रुपमा लाग्नु भएका महासंघकोे व्यापार मेला समितिका सदस्यहरु, महासंघ सचिवालयका कर्मचारी साथीहरु सहित सभापति श्री केशवराज पाण्डेजीलाई सहृदय धन्यवाद दिन चाहान्छु । साथै सहयोगी सवै साझेदारहरुलाई समेत धन्यवाद दिन चाहान्छु ।
१९. आजको यस समुद्घाटन समारोहमा सम्माननीय  प्रधानमन्त्रीज्यू सहित उपस्थित सम्पूर्ण मान्य अतिथिगणमा यहांहरुको गरिमामय उपस्थितिका लागि आभार व्यक्तगर्दै पुनः स्वागत अभिवादन गर्दछु ।
धन्यवाद ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको  उद्घाटन समारोहमा महासंघको अध्यक्ष पशुपति मुरारकाको  स्वागत मन्तव्य ।