Sunday, September 27, 2026
Home Uncategorized राजनीतिक स्थिरता भयो भने लगानी प्रशस्त मात्रामा भित्रिन्छ

राजनीतिक स्थिरता भयो भने लगानी प्रशस्त मात्रामा भित्रिन्छ

280
भवानी राणा

१. नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०१७ को समुद्घाटन समारोहमा गरिमामय उपस्थित जनाउनु हुने प्रमुख अतिथिज्यू सहित सम्पूर्ण उपस्थित अतिथिगणमा नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट म हार्दिक आभार प्रकट गर्दछु ।
२. नेपाल सरकारले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघको सामाजिक आर्थिक विकासको अभियानमा गर्दै आएको साझेदारीलाई महत्वपूर्ण रुपमा लिंदै सम्मानपूर्वक स्मरण गर्न चाहान्छु ।
३. आफ्नो अति व्यस्त कार्यतालिकाका वावजुद हाम्रो निमन्त्रणालाई स्वीकार गरि यस समारोहको समुद्घाटन सहित समारोहलाई सम्बोधन गरी दिनु भई निजी क्षेत्रका हामी उद्यमी व्यवसायीहरुलाई हौसला प्रदान गरी दिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा महासंघ एवं मुलुकभरका सम्पूर्ण उद्यमी व्यावसायीहरुको तर्फबाट आभार सहित हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
४. यसैगरी आजको यस समारोहमा गरिमा बढाई दिनु भएकोमा माननीय वाणिज्य मन्त्रीज्यू, नेताज्यूहरु, संवैधानिक अंगका प्रमुखज्यूहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकृतज्यूहरु, महामहिम राजदूतज्यूहरु, कुटनीतिक नियोगका पदाधिकारीज्यूहरु, महासंघका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यकारिणी समितिका सदस्यज्यूहरु, राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिज्यूहरु, मुलुकभरका सम्पूर्ण उद्यमी व्यवसायी मित्रहरु, संचारकर्मी मित्रहरु, मेलामा भागलिन आउनु भएका स्वदेशी एवं विदेशी उद्यमी व्यवसायी सहित सम्पूर्ण अतिथिगणमा यहांहरुको गरिमामय उपस्थितिप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
५. नेपाल सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा आयोजना हुंदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला सार्वजनिक निजी साझेदारी (Public Private Partnership – PPP) को सफल उदाहरण हो ।
६. विद्यमान जनशक्ति र आवश्यक पूर्वाधारको कमीका कारण हामीले यो मेलालाई अन्तराष्ट्रियस्तरमा लैजान सकेका छैनौं । यो यथार्थतालाई हामी सवैले स्वीकार गर्नै पर्दछ ।
७. मेलालाई अन्तराष्ट्रियस्तरमा विकास गर्न सवैभन्दा पहिलो आवश्यकता भनेको अन्तराष्ट्रियस्तरको सुविधासम्पन्न प्रदर्शनीस्थल नै हो । हामीले अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक जग्गाका लागि सरकारसंग वारम्वार आग्रह गर्दै आएको सन्दर्भमा सरकारले सो प्रयोजनका लागि चोभारमा जग्गा समेत व्यवस्था गरेको तर अहिलेसम्म त्यो अगाडी बढ्न नसेकोमा जतिसक्दो निर्माण प्रक्रिया अगाडी बढाउनु पर्ने हाम्रो माग रहेको छ । महासंघ यसलाई सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप अगाडी बढाउन प्रतिवद्ध रहेको समेत जानकारी गराउंदछु ।
८. सम्माननीय प्रधानमन्त्रीज्यू, मेला महोत्सव आर्थिक क्रियाकलाप प्रवद्र्धन गर्ने, आम जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गर्ने मुख्य साधन पनि हो । यही मूल भावनालाई आत्मसाथ गरि महासंघले नेपाल सरकारको समेत सहयोग र सहभागितामा मुलकैभर मेला महोत्सवको आयोजना गर्दै आएको हो । यस्ता मेलाले नेपाली उत्पादनहरुको अन्तराष्ट्रिय वजार प्रवद्र्धनमा समेत सघाउ पुरयाउनुको साथै नेपालको व्यापार घाटा कम गर्नपनि मद्दत गर्ने हाम्रो विश्वास छ ।
९. मुलुकको अर्थतन्त्र यतिखेर निकै संकटपूर्ण अवस्थाबाट गुज्रिएको छ । मुलुकले भोग्नुको परेको विषम परिस्थितिका विषयमा यहांहरु सवै जानकार हुनुहुन्छ । अव हामीले राजनीतिलाई अर्थतन्त्रको पछाडी राखेर अगाडी बढ्नु पर्ने वेला आइसकेको छ । अब राजनीति होइन अर्थतन्त्र र आर्थिक विकास भन्ने देशैभरि फैलाउनु पर्ने वेला आएको छ । मुलुकले हासिल गरेको राजनीतिक उपलव्धीलाई यदि सांच्चिकै संस्थागत गर्ने हो भने अव निजी क्षेत्रलाई फस्टाउने मौका दिनैपर्छ । निजी क्षेत्रले राम्रोसंग फस्टाउने मौका पायो भने मात्र राजनीतिक उपलव्धी संस्थागत हुन्छ, नत्र हाम्रो संघर्षबाट पाएको उपलब्धी त्यतिकै खेर जानेछ ।
१०. माननीय वाणिज्य मन्त्रीज्यू, भर्खरै आएको नया“ औद्योगिक ऐन, सेज ऐन र लोडसेडिङ न्यूनिकरणले मुलुकभित्र लगानीका वातावरण बन्नेमा हामी आशा पलाउन थालेको छ । तर मुलुक भित्रको राजनीतिक भद्रगोलले कतै हामीमा पलाएको आशा मरेर जानेत होइन भन्ने शंका पनि छ । यदि मुलुकभित्र राजनीतिक, नीतिगत स्थिरता कायम हुन सक्यो भने मुलुकभित्र लगानी पर्याप्त मात्रामा आउने हाम्रो वुझाई र विश्लेषण छ, म यसै समारोह मार्फत निजी क्षेत्रका यी सुझावलाई मनन गरि सुरक्षाको पूर्ण प्रत्याभुति सहितको उपयुक्त लगानीमैत्री वातावरण वनाइदिन सरकारसंग विशेष आग्रह गर्दछु ।
अव म धन्यवादको क्रमलाई अगाडी बढाउने अनुमति चाहान्छ,
११. सर्वप्रथम हाम्रो निमन्त्रणालाई स्वीकार आफ्नो व्यस्त कार्यतालिकाका वावजुदपनि मेलाको समुद्घाटन गरि संवोधन समेत गरि निजी क्षेत्रलाई हौसला प्रदान गरिदिनु भएकामा आजको यस समारोहका प्रमुख अतिथि एवं सम्माननीय प्रधानमन्त्रीज्यूमा महासंघ र सम्पूर्ण निजी क्षेत्रका तर्फबाट हार्दिक कृतज्ञता सहित धन्यवाद प्रकट गर्दछु ।
१२. साथै माननीय वाणिज्य मन्त्रीज्यूमा हार्दिक धन्यवाद प्रकट गर्दछु । माननीय पशुपंछी मन्त्रीज्य, सांसदज्यूहरु, कुटनीतिक नियोगका प्रमुखज्यूहरु लगायत सबै विशिष्ट अतिथि गणमा पुनः एक पटक धन्यवाद ज्ञापन गर्दछु ।
१३. यो मेलालाई सफलतापूर्वक आयोजना गर्नका लागि सहयोग गर्ने नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रमा धन्यवाद ज्ञापन गर्दछु । मेलाको सहआयोजक संस्थाहरु नेपाल हस्तकला महासंघ, नेपाल जडीवूटी उत्पादक संघ र हिमाली प्रोजेक्ट उहांहरुको निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
१४. यस पटकमेलाको आधिकारिक विमा कम्पनी प्रिमियर इन्स्योरेन्स, आधिकारीक कार्गो गणेश कार्गो, अफिसियल आइएसपी प्रोभाइडरमा मर्कन्टायल प्रा.लि., मेलाका सहयोगीहरुमा अर्घाखांची सिमेन्ट, इभेन्ट म्यानेजमेन्टमा राइजइभेन्ट, ILO लगायत हामीलाई सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिन चाहान्छु ।
१५. अन्तमा, हाम्रो यो कार्यक्रमको लागि स्थान उपलव्ध गराउने भृकुटीमण्डप र कार्यक्रम आयोजनाका लागि सदा दत्तचित्त भई कार्यरत रहने महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरुमा हार्दिक धन्यवाद ।
धन्यवाद मन्तव्य, श्री भवानी राणा, वरिष्ठ उपाध्यक्ष, नेउवामहासंघ ।