Sunday, September 27, 2026
Home Uncategorized भारतीय प्रम मोदीले भनेः कञ्चनपुर घटनाको दोषीलाई कारवाही हुन्छ

भारतीय प्रम मोदीले भनेः कञ्चनपुर घटनाको दोषीलाई कारवाही हुन्छ

300

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली भ्रमणमा रहेकी उपप्रधानमन्त्री विमलेन्द्र निधीसँगको भेटमा कञ्चनपुर घट्नाका बारेमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारवाही गरिने अश्वासान दिएका छन्। शुक्रबार गृहमन्त्री निधिस‌ंगको भेटबार्ताका क्रममा मोदीले उक्त अश्वासन दिएको बताइएको छ।
भेटमा निधीले कञ्चनपुर घटनाबारे भारतीय प्रमको ध्यानाकर्षण गराएपछि माेदीले यस्ताे अाश्वाशन दिएको स्रोतको भनाइ छ।
फागुन २६ गते कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो।