युवाहरुको ग्याङ फाइटमा एकको मृत्यु

548

चैत ५,
धरान । धरानमा युवाहरुको बीच भएको ‘ग्याङ फाइट’मा एक युवकको मृत्यु भएको छ । धरान नगरमहानगरपालिका १९ मा दुई समूहका युवाहरुबीच झगडा भएको थियो । त्यसक्रममा शुक्र राई समूहको छुरा प्रहारबाट धरान १५ का भक्त राईको मृत्यु भएको छ ।
घटनामा गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।