Home Blog Page 2158
चैत १७, काठमाडौं । बङ्गलादेशमा भइरहेको एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो । दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै नेपाललाई प्रतियोगितामा सान्त्वना जित दिलाएका हुन् । बङ्गलादेशको कक्स बजार स्टेडियममा नेपालले टस जितेपछि हङकङलाई ब्याटिङको...
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको मिति नजिकिदै गर्दा उद्योगी व्यवसायीहरुबीच चुनावी सहगर्मी ह्वात्तै बढेको छ । यस पटक पनि वरिष्ठ उपाध्यक्षको नेतृत्वमा प्यानलै बनाएर व्यवसायीहरु प्रतिस्पर्धामा उत्रेका छन् यसै सन्दर्भमा महासंघको विभिन्न क्षेत्रमा विगत १२ वर्ष देखि रहेर आफ्नो विशिष्ट पहिचान बनाउन सफल व्यवसायी तथा सिल्क् एशोसियसनका अध्यक्ष शंकर प्रसाद पाण्डे जसले किशोर कुमार प्रधानको प्यानलबाट वस्तुगत तर्फको...
चैत १७, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले कुनै पनि हालतमा चुनाव चिन्ह आँखा पाउनुपर्ने माग गरेको छ । सो पार्टीले चुनाव चिन्ह आँखा नपाए निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । नयाँ शक्तिको संघीय परिषदको पूर्ण दोस्रो बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले संविधान संशोधन नगरी चुनावबाट समस्याको समाधान हुन्छ भन्ने सरकारले ठानेको छ भने त्यसले...
चैत १७, काठमाडौं । नेपाल प्रहरीको सामाखुसी रानीबारीस्थित स्कुलमा एक छात्रको रहस्यमय मृत्यु भएको छ । सोहि स्कुलमा कक्षा ८ मा अध्ययनरत गोंगबूका कुन्दन मगरको बुधबार सहस्यमय ढंगले मृत्यु भएको हो । घटना रहस्यमय भएको भन्दै मृतकका आफन्त आज स्कुल घेराउ गर्न पुगेसँगै घटना सार्वजनिक भएको हो । मृतकका आफन्त आशिष मगरका अनुसार विद्यालयले बुधबार बिहान छलफलको...
चैत १७, भक्तपुर । बहुराष्ट्रिय कम्पनी मार्फत दुर संचार सेवा प्रदान गर्दै आएको एनसेलको स्वामित्व सम्बन्धी कर विरोधले नेपालको सडकदेखि सदनसम्म तातएको छ । एउटा कम्पनीको सेयर खरिद बिक्रि गर्दा राज्यलाई तिर्ने कर नतिर्दा एनसेल विवादमा आएको छ । कर नतिरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले केहीदिन यता विरोध कार्यक्रम गर्दै आइरहेको छ । विभिन्न जिल्लामा विरोध कार्यक्रम गरीरहेको उक्त संगठनले आज...
चैत १७, लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिरहामा लगाएको ताला प्रहरीले आज फुटाएको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो । बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीय तहको निर्वाचनको...
चैत १७, काठमाडौं। यही चैत २३ गतेदेखि २७ गतेसम्म बृहत् दोलखा साङ्गीतिक महोत्सव दोलखा जिल्लामा हुने भएको छ । उक्त महोत्सवमा मध्यमाञ्चल विकास क्षेत्रस्तरीय खुल्ला लोक दोहोरी प्रतियोगिता–२०७३ हुने भएको छ । महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु मदनदास श्रेष्ठ, राजनराज शिवाकोटी, हरिबहादुर राउत, प्रमोद खरेल, दीपकराज गिरी, अञ्जु पन्त, जितु नेपाल, राजेशपायल राई, शिव परियार, ज्योति मगर, अमृत खाती, मनु थामीलगायत चारदर्जनभन्दा...
चैत १७, महेन्द्रनगर । खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए । वड़ा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चैत १७, गोरखा । यस वर्ष उचित मूल्य नपाएपछि गोरखाका किसानले अलैँची बिक्री गर्न सकेका छैनन् । गत वर्ष प्रतिकिलो रु दुई हजार ३ सयमा घरबाट बिक्री भए पनि यस वर्ष व्यापारीले भाउ घटाउँदा अलैँची बिक्री हुन सकेको छैन । व्यापारीले यस वर्ष प्रतिकिलो रु एक हजार मूल्य तोकेपछि किसानले अलैँची बिक्री नगरी भण्डारण गरेका छन् । गत कात्तिक,...
चैत १७, भक्तपुर । हिजो बुधबार श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि श्रीमतीलाई अस्पताल लानको लागि मेघ बहादुर तामाङ पैसा भएन् । उनी पैसाको खोजी गर्न गाउँ तिर लागे । रामेछाप जिल्ला गौसरा घर भई हाल भक्तपुर चागुँनारायाण नगरपालीका –३ बस्ने मेघकी श्रीमती हुन् २१ वर्षकी साईली तामाङ । साइली लाई बिहानै देखी बच्चा पाउने बेथा लागेकोले श्रीमान मेघ गाउँबाट पैसा खोजी उपचारको गर्ने...